बंगाल भाजपमा नेतृत्व परिवर्तनको तीव्र तयारी, बिहिवार हुनेछ भव्य स्वागत समारोह
बंगाल भाजपमा नेतृत्व परिवर्तनको तीव्र तयारी, बिहिवार हुनेछ भव्य स्वागत समारोह


कोलकाता, 02 जुलाई (हि.स.)। पश्चिम बंगाल भाजपामा नेतृत्व परिवर्तनलाई लिएर तयारी द्रूत गतिमा अगाड़ि बढ़िरहेको छ। साइन्स सिटीमा बिहीवार नयाँ प्रदेश अध्यक्षको निम्ति भव्य स्वागत समारोह भाजपाका शीर्ष नेतृत्वद्वारा निर्धारण गरिएको छ जसलाई लिएर पार्टीमा खैलाबैा तीव्र भएको छ। नयाँ अध्यक्षको नामको औपचारिक घोषणा अहिलेसम्म गरिएको छैन, तर सम्पूर्ण कार्यक्रमको योजना एकजना अज्ञात नेता जसलाई पार्टीभित्र 'एक्स'- नामबाट सम्बोधन गरिन्छ-को सम्मानमा बनाइएको छ।

राज्यका सबै जिल्लाध्यक्ष, सासंद अनि विधायकहरूलाई यस कार्यक्रमको लागि निम्तो गरिसकिएको छ साथैै पार्टी पदाधिकारीहरूको उपस्थिति अनिवार्य गरिएको छ। कार्यक्रममा केन्द्रिय नेता रविशंकर प्रसाद पनि उपस्थित रहनेछन् भने मण्डल अध्यक्षहरूलाई पनि समयमै साइन्स सिटीमा आइपुग्ने निर्देश जारी गरिएको छ। यो स्पष्ट छ, पार्टीले यस कार्यक्रममा कुनै अव्यवस्था राख्न चाहँदैन।

यद्यपि, आमन्त्रित सबै नेताहरूलाई पनि अहिलेसम्म यो स्पष्ट पारिएको छैन, 'एक्स' वास्तवमा को हो। मंगवारदेखि कार्यक्रमको तयारीमा जुटेका केही वरिष्ठ नेताहरूले समेत यो अनुमान लगाउन सकेका छैनन् कि पार्टीको नयाँ अध्यक्ष को होला। सबैलाई यति मात्र जानकारी दिइएको छ, बिहीवार नयाँ प्रदेश अध्यक्षलाई स्वागत गरिनेछ।

उत्तर बंगालका केही नेताहरू मंगलवार राती नै कोलकाता तर्फ प्रस्थान भइसकेका छन् भने अन्य नेताहरू बिहीवार बिहान विमान मार्फत आउनेछन्। तथापि उनीहरू सबै नै 'एक्स'-लाई लिएर अनुमानहरूको आधारमै कार्यक्रममा सामेल भइरहेका छन्। पार्टीका एकजना वरिष्ठ नेताले बताए, यति मात्र बताइएको छ, बिहीवार साइन्स सिटीमा नयाँ अध्यक्षलाई सम्मान गरिनेछ।

पार्टी सूत्र मुताविक राज्यसभा सांसद शमिक भट्टचार्यको नाम सबैभन्दा प्रबल दाबेदारको रूपमा आएको छ। उनी अहिलेघरि दिल्लीमा छन् र हालैमा पार्टीका राष्ट्रिय अध्यक्ष जेपी नड्डासित भेट गरिसकेका छन्। बुधवार उनी केन्द्रिय नेता रविशंकरसित कोलकाता फर्किनेछन्। नयाँ प्रदेश अध्यक्षको चयन रवि शंकर प्रसादको अगुवाईमा हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande