कोलकाता, 02 जुलाई (हि.स.)। कसबा ल कलेजमा भएको जघन्य अपराघपछि राज्यभरि नै एकातिर व्यापक जनाक्रोश देखिँदछ भने अर्कोतिर शैक्षणिक संस्थानहरू पनि यस मामिलामा सक्रिय भइरहेको देखिँदछ। यसै क्रममा कलकत्ता विश्वविद्यालयले आफ्नो पक्षबाट पाँच सदस्यीय फ्याक्ट फाइण्डिंग टीम गठन गरेर बुधवार साउथ कलकत्ता ल कलेजमा जाँच शुरू गऱ्यो।
विश्वविद्यालयको टीमले कलेज क्याम्पसमा पुगेर उप-प्राचार्य डा. नयना च्यटर्जीसित विस्तृत बैठक गऱ्यो। बैठकमा गत 25 जूनमा घटेको घटना, त्यसमा सामेल आरोपीहरूको भूमिका अनि कलेज प्रशासनद्वारा उठाइएका शैक्षणिक तथा अनुशासनात्मक कदमहरूमाथि विस्तारपूर्वक चर्चा गरियो।
टीमले कलेज परिसरको सुरक्षा व्यवस्थाको जायजा लिँदै यो जान्ने प्रयास गऱ्यो, आरोपी मनोजीत मिश्रा जो सोही कलेजका पासआउट स्टुडेन्ट हो,- ले कसरी यस संस्थानमा रोकटोक बिनै प्रवेश गरिरहेको थियो।
फ्याक्ट फाइण्डिंग कमिटीका एकजना सदस्यले मीडियालाई बताए, हामी घटनासित सम्बन्धित हरेक पाटो र पक्षको गम्भीर रूपमा जाँच गरिरहेका छौं चाहे त्यो कलेजको आन्तरिक सुरक्षा व्यवस्था होस् वा छात्राहरूको सुरक्षासित सम्बन्धित चिन्ता। रिपोर्ट तयार गरी चाँड़ै विश्वविद्यालय प्रशासनलाई सुम्पिइनेछ।
यसबीच मामिलाको जाँच गरिरहेको राज्य पुलिसको स्पेशल इन्भेस्टिगेशन टीमले अदालतमा जानकारी गरायो, मुख्य आरोपी मनोजीत मिश्रा र अन्यविरूद्ध दर्ता संगीन धाराहरूमा थप छःवटा धाराहरू जोड़िएको छ जसमा (77) गोपनीय औ संदिग्ध गतिविधि, धारा 118(1) हतियारद्वारा हमला, धारा 351(3) धम्की दिएको, धारा 140(3) अपहरण, धारा 140(4) बन्धक बनाएर कुटपीट, धारा 142 बलजफ्ती घरमा बन्द गरेर राख्नु सामेल छन्। यसअघि
आरोपीहरूमाथि ग्यांगरेप (धारा 70(1)), अवैध बन्धन (धारा 127(2)) औ संविघ्न आपराधिक उदेश्य (धारा 3(5)) जस्ता धाराहरू दर्ता गरिएको थियो। अदालतले आरोपीहरूको जमानतको याचिकालाई खारेज गरिदिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा