गान्तोक, 02 जुलाई (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किमका अध्यक्ष डीआर थापाले सिक्किमलाई ‘छिमेकी देश’ भनेर उल्लेख गर्दै कांग्रेस नेताले गरेको टिप्पणीलाई अज्ञानतापूर्ण र आपत्तिजनक ठहर गर्दै कडा निन्दा गरेका छन्। उनले कांग्रेस नेताको टिप्पणीलाई सिक्किमका जनताको अपमान मात्र होइन, तर भारतीय संघको भावनाको पनि अपमान रहेको बताएका छन्।
भाजपा अध्यक्ष थापाले आज जारी विज्ञप्तिमा भने, कांग्रेसले 50 वर्षभन्दा धेरै समयसम्म देशमा शासन गऱ्यो, तर कांग्रेस नेताको भनाइले कांग्रेसले सिक्किमलाई भारतको भागको रूपमा स्वीकार गरेको छैन भन्ने बताउॅंछ। उनले सिक्किम 50 वर्षभन्दा धेरै समय अघि भारतको गौरवशाली र अभिन्न अंग बनेको थियो र त्यस बेलादेखि सिक्किम सिक्किमले सिमानाको रक्षा गर्दै, आफ्नो संस्कृतिलाई समृद्ध बनाउँदै र राष्ट्रको विकासमा ठूलो योगदान पुर्याउँदै आएको बताएका छन्।
अध्यक्ष थापाले भने, हामी महत्वपूर्ण अन्तरराष्ट्रिय सीमाहरू साझा गर्छौ र हामी भारतको राष्ट्रिय सुरक्षामा महत्त्वपूर्ण रणनीतिक भूमिका खेल्छौं। सिक्किमका जनताले बारम्बार आफ्नो अटल देशभक्ति र राष्ट्रप्रतिको प्रतिबद्धता प्रदर्शन गरेका छन्। यस्ता लापरवाह र अज्ञानतापूर्ण टिप्पणीहरूले आधारभूत ऐतिहासिक बुझाइको अभाव मात्र देखाउँदैनन्, तर प्रत्येक सिक्किमे नागरिकको भावनामा गहिरो चोट पुर्याउँछन्। यो अस्वीकार्य छ र तत्काल माफीको माग गर्दछ।
उनले स्पष्ट गर्दै भने, सिक्किम भारत हो। भारत सिक्किम हो। कुनै पनि राजनीतिक नेतालाई हाम्रो पहिचानलाई कम आँक्ने वा यस महान राष्ट्रमा हाम्रो स्थानमाथि प्रश्न उठाउने अधिकार छैन।
हिन्दुस्थान समाचार / बिशाल