चोपड़ाः एटीएम लुटको शंकामा हरियाणाका चारजना पक्राउ
चोपड़ाः एटीएम लुटको शंकामा हरियाणाका चारजना पक्राउ


उत्तर दिनाजपुर, 02 जुलाई (हि. स.)। एटीएम लुटको सन्देहमा चोपड़ा पुलिसले चारजना मानिसहरूलाई पक्राउ गऱ्यो। चारैजनालाई चुटियाखोर ग्राम पञ्चायत क्षेत्रबाट पक्राउ गरिएको हो। यी सबै हरियाणाका निवासी हुन्। पक्रा पर्ने आरोपीहरूलाई बुधवार इस्लामपुर महकुमा अदालतमा पेश गरी दश दिनको पुलिस हिरासतमा लिइएको छ।

पुलिस सूत्र अनुसार पक्रा पर्ने मानिसहरू पछिल्लो केही समयदेखिको कालीगञ्ज बजार क्षेत्रमा भाड़ाको घरमा बस्दै आइरहेका थिए। तथापि घटनाको जाँच जारी रहेको कारणले पुलिस अधिकारीले आरोपीहरूको नाम गोपनीय राखेका छन्।

उल्लेखनीय छ, हालैमा जलपाईगुड़ी जिल्लाको मयनागुड़ीमा भएको एटीएम लुटको घटापछि सिलगढ़ीको चम्पासरीमा पनि यस्तै घटना घटेको थियो। यी दुवै मामिलाहरूमा बाहिरका उपद्रवीहरू संलिप्त रहेको थाहा लागेको छ। पुलिसले पक्रा परेका चारै आरपीहरूसित विस्तृत जाँचबुझ गर्न शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande