टेबल टेनिस टुर्नामेन्टलाई लिएर खरसाङ महकुमा खेलकूद संघको सभा सम्पन्न
टेबल टेनिस टुर्नामेन्टलाई लिएर खरसाङ महकुमा खेलकूद संघको सभा सम्पन्न


खरसाङ, 02 जुलाई (हि.स.)। खरसाङ महकुमा खेलकूद संघको सभा आज संघको सभापति मोहन योञ्जनको अध्यक्षतामा सम्पन्न भयो। सभामा गत 28 र 29 जूनमा खरसाङमा सम्पन्न दुई दिवसीय स्व धर्मे तामाङ, राजु तामाङ र शोभा तामाङ थापा स्मृति क्यारम प्रतियोगिता विषयमा चर्चा परिचर्चा गरियो।

यस अवसरमा स्व धर्मे तामाङको परिवारलाई सङ्घको तर्फबाट धन्यवाद ज्ञापन गर्दै खदार्पण गरेर सम्मान जनाइयो। सभामा आगामी 13 जुलाईमा हुन गइरहेको टेबल टेनिस प्रतियोगिता विषयमा चर्चा परिचर्चा गर्दै टेबल टेनिस प्रतियोगिता तीनवटा वर्ग पुरुष एकल, महिला एकल र अण्डार 14 बोइसमा खेलाइने भएको छ। यो प्रतियोगिता खरसाङको सन्त अल्फन्सेस विद्यालयमा आयोजना गरिने छ।

यस टेबल टेनिस प्रतियोगिताको लागि बिजय राईलाई संयोजक चयन गरिएको छ। यसै सभामा खरसाङ महकुमा खेलकूद संघको आयोजनामा आगामी 26 र 27 जुलाईमा हुन गइरहेको ब्याडमिन्टन प्रतियोगिता विषयमा पनि चर्चा परिचर्चा गरिएको छ।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande