कोलकाता, 2 जुलाई (हि.स.)। दक्षिण कोलकाताको कसबा ल कलेजमा छात्रासित भएको सामूहिक दुष्कर्मको घटनापछि कलेज प्रशासनले कड़ा कदम उठाएको छ। यस मामिलाका मुख्य आरोपी तथा कलेजका अस्थायी शिक्षाकर्मी मनोजीत मिश्रालाई पहिला नै बर्खास्त गरिसकिएको छ। अब कलेजको गभर्निंग बडीले निर्णय लिएको छ, मनोजीतले आफ्नो नोकरी अवधि प्राप्त गरेको सम्पूर्ण वेतनको राशि कलेजलाई फर्काउनुपर्छ।
मनोजीतसँगसँगै कलेजका आरोपी छात्रद्वय प्रमित मुखोपाध्याय र ज़ैब अहमदलाई पनि कलेजबाट निष्कासित गरिएको छ। गभर्निंग बडीले यो पनि स्पष्ट पारेको छ, यी दुईले भविष्यमा पनि अन्य कुनै पनि कलेजमा प्रवेश पाउन नसकोस्, यसको लागि आवश्यक कदम उठाइनेछ।
कलेज गभर्निंगले निर्णय लिएको छ, अब कलेजमा अपरान्ह 2 बजेपछि कुनै पनि छात्र वा कर्चारीहरूलाई बस्ने अनुमति दिइनेछैन। कलेज परिसरमा वैध पहिचान पत्र (आई-कार्ड) देखायो भने मात्र प्रवेश सम्भव हुनेछ। सुरक्षाको दायित्व सम्हालिरहेको एजेन्सीलाई कारण बताऊ नोटिस जारी गरिएको छ साथै उसलाई हटाउने निर्णय लिइएको छ।
तथापि हाल कलेजमा अध्ययन-अध्यापनलाई अस्थायी रूपमा बन्द गरिएको भए पनि पहिलो सेमेस्टरको परीक्षाक लागि फारम भर्ने काम भइरहेको छ। कलेज कार्यालय खुल्ला रहनेछ। पठन-पाठनलाई पुनः शुरू गर्नको लागि उच्च शिक्षा विभाग अनि पुलिसको अनुमति अनिवार्य हुनेछ।
गभर्निंग बडीका अध्यक्ष औ तृणमूल विधायक अशोक देवले बुधवार बताए, घटना अत्यन्त निन्दनीय छ। अझ कठोर कदम उठाइनेछ। कलेज प्रशासनले जाँचमा पुलिसलाई पूर्ण सहयोग गर्नेछ। साथै मनोजीत मिश्राको बार काउन्सिलको सदस्यतालाई रद्द गराउने प्रयास समेत गरिनेछ। पीड़िताका परिवारले चाहे पीड़ितालाई चिकित्सा सहायता पनि कलेजले दिनेछ। भविष्यमा यस्तो मामिलाहरूदेखि बच्नको लागि महिला सुरक्षाकर्मीहरूलाई नियुक्त गरिनेछ। बाहिरका मानिसहरूको प्रवेशमाथि पूर्ण रोक गाउनको लागि चर्चा गरियो।
कलेज परिसरमा पहिलाबाटै सीसीटीभी क्यामरा रहे पनि सुरक्षा एजेन्सीको लापरवाहीको कारणले धेरैवटा गतिविधि रेकर्ड हुन सकेन। त्यसैले अब सम्पूर्ण परिसरमा सीसीटीभी क्यामरा जड़ान गर्नको लागि टेण्डर जारी गरिएकोछ। यस अतिरिक्त पहिलाबाटै निष्क्रिय आन्तरिक सिकायत समिति (आईसीसी)-लाई सक्रिय बनाउन अनि नयाँ समिति गठन गर्ने निर्णय पनि लिइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा