दक्षिण 24 परगना, 2 जुलाई (हि.स.)। दक्षिण 24 परगना जिल्लाको बजबज क्षेत्रस्थित आईओसी बटलिंग प्लान्टमा चालक अनि खलासीहरूले गरिरहेको हड़तालले गए मंगलवार साँझ उग्र रूप धारण गऱ्यो। यस अवधि झड़प पनि भयो। स्थिति अनियन्त्रित भएपछि ऱ्यापिड एक्शन फोर्सलाई तैनाथ गर्नुपऱ्यो।
स्थानीय सूत्र अनुसार चालक अनि खलासीहरूको एक वर्गले गत शनिवारदेखि नै हड़ताल गरिरहेका छन्। उनीहरूको माग छ, दुई जना चालकहरूलाई निलम्बन गर्ने फसेलालाई फिर्ता लिइयोस्। लोडिंग-अनलोडिंगसित सम्बन्धित बाँकी रकम चाँड़ै भुक्तान गरियोस्। हड़तालको कारणले प्लान्टबाट वाहनहरूको आवागमन नै ठप्प भएको छ जसबाट ग्राहकहरूलाई धेरै समस्या भइरहेको थियो।
साँझ तृणमूल कंग्रेसको यूनियनका प्रतिनिधिहरू हड़तालरत् चालक अनि खलासीहरूसित भेट गरी बैठक गर्न त्यहाँ पुगे। प्रतिनिधिहरूले हड़ताललाई फिर्ता लिने अपील गरे, तर उनीहरू मानेनन्। यस अवधि दुई पक्षमाझ भएको विवाद बढ़ेर झपड़मा परिणत भयो जसमा धेरैजना मानिसहरू घाइते भए भने केही मोटरसाइकलहरू पनि क्षतिग्रस्त भए।
प्रत्यक्षदर्शीहरूको आरोप छ, यस अवधि कसैले सुनियोजित रूपमा एकपछि अर्को सिलेण्डरबाट ग्यास छोड़िदियो जसबाट वरपरका क्षेत्रहरू धुँवामा ढाकियो। यस्तो अवस्थामा सानो झिल्काले पनि ठूलो आगलागी गराउनसक्थ्यो। स्थिति अनियन्त्रण हुँदै गएपछि बजबज थानाको पुलिस घटनास्थलमा पुग्यो। स्थितिलाई नियन्त्रण गर्नको लागि महेशतला थानाबाट फोर्सलाई बोलाइयो। अन्ततः ऱ्याफलाई बोलाएर स्थितिलाई नियन्त्रण गरियो।
अहिले पनि क्षेत्र तनाउपूर्ण नै छ। ठूलो संख्यामा पुलिस बललाई तैनाथ गरिएको छ। प्रशासनले स्थितिमाथि निगरानी राखिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा