गिरिडीह, 02 जुलाई (हि.स.)। गिरिडीह-देवघर मुख्य मार्गमा बेंगाबाद थाना क्षेत्रको मधवा टोल ट्याक्स नजिक गए मंगलवार राती एक सड़क दुर्घटना भयो। यस घटनामा एउटा द्रूत गतिको स्विफ्ट डिजायर कारलाई भयानक ठक्कर दिइयो। यस भीषण दुर्घटनामा पिता-पुत्र सहित तीनजना मानिसहरूको घटनास्थलमै मृत्यु भयो भने कारमा सवार दुईजना महिलाहरू सोनी देवी र संगीता देवी गम्भीर रूपमा घाइते भए।
मृतकहरूको पहिचान लिलो तुरी, छोटु तुरी र राजन तुरीको रूपमा भएको छ। छोटु तुरी र राजन तुरी पिता-पुत्र हुन्। यिनीहरू सबै नवडिहा ओपी क्षेत्रको जंगरीडीहदेखि बेंगाबाद थाना क्षेत्रको महुआर गाउँमा लिलो तुरीको भतिजको घरमा अषाढ़ी पूजाको अवसरमा प्रसाद खानका लागि गएकाथिए। फर्किने क्रममा यो दुर्घटना भय।
प्रत्यक्षदर्शीहरू अनुसार मधवा टोल ट्याक्स नजिकै स्विफ्ट डिजायर कारलाई एउटा द्रूत गतिको ट्रकले ठक्कर दियो जसमा कार पूर्ण रूपले क्षतिग्रस्त भयो अनि तीनैजनाको मृत्यु घटनास्थलमा भयो। घटनापछि स्थानीय मानिसहरू अनि पुलिसको सहयोगमा घाइते महिलाहरूलाई सदर अस्पतालमा लगियो। मृतकहरूको शवलाई पनि पोस्टमर्टम गर्नको लागि सदर अस्पतालमै पठाइएको छ। पुलिस सम्पूर्ण मामिलाको जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा