पुलिस वाहनलाई डम्परले ठक्कर दिँदा दुईजना पुलिसकर्मीको मृत्यु
पुलिस वाहनलाई डम्परले ठक्कर दिँदा दुईजना पुलिसकर्मीको मृत्यु


पूर्व मेदिनीपुर, 2 जुलाई (हि.स.)। पूर्व मेदिनीपुर जिल्लाको महिषादल थाना अन्तर्गत गाड़ुघाटा क्षेत्रमा गए मंगलवार अबेर राती भएको एक सड़क दुर्घटनामा दुईजना पुलिसकर्मीहरूको मृत्यु भयो।

प्राप्त जानकारी अनुसार हल्दिया-मेदिनीपुर राष्ट्रिय राजमार्ग-116 मा भइरहेको नाइट पेट्रोलिंग अवधि एउटा अनियन्त्रित डम्परले पुलिस वाहनलाई ठक्कर दियो जसले गर्दा पुलिस वाहन अर्को वाहनसित ठोक्किएर सड़क किनारमा अवस्थित जलाशयमा झऱ्यो। यस घटनामा महिषादल थानाका एसआई जयन्त घोष अनि पुलिसकर्मी शेख सहानाको घटनास्थलमै मृत्यु भयो भने अर्को एकजना पुलिसकर्मी गम्भीर रूपमा घाइते भए जसलाई गम्भीर अवस्थामा तुमलुक अस्पतालमा भर्ती गरिएको छ।

दुर्घटनापछि डम्पर चालकले वाहन सहित टाप कस्यो। सूचना पाएर नन्दकुमार थानाको पुलिसले डम्परलाई जफ्त गरी चालकलाई पक्राउ गरेको छ। आरोपी चालक मातेको थियो कि थिएन, पत्तो लगाइँदैछ। यता खबर पाउनसाथ पूर्व मेदिनीपुर जिल्लाका पुलिस अधीक्षक सौम्यदीप भट्टचार्यले घटनास्थलमा पुगेर स्थितिको जायजा लिए। यस घटनाको कारणले पुलिस विभागमा गहिरो शोक व्याप्त भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande