कांग्रेस नेता अजय कुमारको बयान दुर्भाग्यपूर्ण र अस्वीकार्य: सांसद लेप्चा
कांग्रेस नेता अजय कुमारको बयान दुर्भाग्यपूर्ण र अस्वीकार्य: सांसद लेप्चा


गान्तोक, 02 जुलाई (हि.स.)। कांग्रेस पार्टीका एक वरिष्ठ नेता तथा पूर्व सांसद डा. अजय कुमारले हालैमा एक पत्रकार सम्मेलनमा सिक्किम राज्यलाई 'छिमेकी राष्ट्र' को संज्ञा दिएपछि उनको उक्त बयानको तीव्र आलोचना शुरू भएको छ। सिक्किमका राज्यसभा सांसद डीटी लेप्चाले उनको उक्त बयानको भत्सर्ना जनाउॅंदै यसलाई दुर्भाग्यपूर्ण र अस्वीकार्य बताएका छन्।

सांसद लेप्चाले आज जारी एक प्रेस बयानमा भने, कांग्रेस नेता एवं पूर्व सांसद डा. अजय कुमारले एक पत्रकार सम्मेलनमा केन्द्र सरकारको विदेश नीतिको आलोचना गर्दै सिक्किमलाई 'छिमेकी राष्ट्र' भनेर सम्बोधन गरे। बंगलादेश, नेपाल, श्रीलंका र पाकिस्तान जस्ता देशहरूसँग सिक्किमको नाम जोडेर डा. कुमारले अनजानमा भारतको अभिन्न अंगको रूपमा सिक्किमको स्थितिमाथि प्रश्न उठाएका छन्। यसले हाम्रो राष्ट्रिय भूगोल र इतिहासको अज्ञानतालाई मात्र दर्साउॅंदैन, तर सिक्किमका जनताको भावनाको पनि गहिरो अपमान हो।

उनले आफ्नो यस्तो बयानको लागि डा. कुमार न त कांग्रेस पार्टीले कुनै स्पष्टीकरण जारी गरेका छन् भन्दै तत्काल माफी र सुधारमा जोड दिएका छन्। सांसद लेप्चाले सबै राष्ट्रिय नेताहरू र दलहरूलाई उत्तरपूर्वी राज्यहरू, विशेष गरी भारतको गर्व र देशभक्त भागको रूपमा उभिएको सिक्किमको बारेमा बोल्दा जिम्मेवारी र संवेदनशीलता देखाउन आग्रह गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande