साइबर ठगीको मामिलामा जगद्दल पुलिसलाई ठूलो सफलता, पीड़ितले फिर्ता पाए रुपियाँ
साइबर ठगीको मामिलामा जगद्दल पुलिसलाई ठूलो सफलता, पीड़ितले फिर्ता पाए रुपियाँ


ब्यारकपुर, 2 जुलाई (हि.स.)। ब्यारकपुर पुलिस कमिश्नरेट अन्तर्गत जगद्दल पुलिस स्टेशनले साइबर ठगीको एक मामिलामा तत्परता औ दक्षताको परिचय दिँदै 65 हजार रुपियाँ ठगीको राशिलाई जफ्त गरी वास्तविक पीड़ितालाई फिर्ता दियो। ठगीको राशि गत 30 जूनमै जफ्त गरिएको भए पनि पुलिसले सम्बन्धित धनराशिलाई औपचारिक रूपमा बुधवार सिकायतर्तालाई फर्काइदियो।

प्राप्त जानकारी अनुसार केही दिनअघि स्थानीय एकजना नागरिकले सिकायत दर्ता गराएका थिए, साइबर धोकाधड़ीको माध्यमबाट उनको ब्यांक खाताबाट 65 हजार रुपियाँ निकालिएको छ। मामिलालाई गम्भीर रूपमा लिएर जगद्दल थानाको टीमले तत्काल कारवाही गर्दै तकनिकी जाँच शुरू गऱ्यो। पुलिसले डिजीटल ट्रान्जेक्शन ट्रेस गरी ठगीको राशिलाई ट्र्याक गऱ्यो अनि सम्बन्धित ब्यांक र भुक्तान माध्यमको सहयोगबाट त्यसलाई होल्ड गराएर सुरक्षित पाऱ्यो।

जफ्त गरिएको राशिलाई फिर्ता लिनको लागि जगद्दल थानामा एक संक्षिप्त कार्यक्रम आयोजना गरियो जहाँ पीड़ितलाई राशि सुम्पिइयो। यस अवसरमा उपस्थित अधिकारीहरूले बताए, यो सफलता पुलिसको समर्पित साइबर सेल टीम अनि तकनिकी विशेषज्ञहरूकको समन्वयको परिणाम हो।

ब्यारकपुर पुलिस कमिश्नरेटद्वारा नागरिकहरूसित अपील गरिएको छ, उनीहरूले कुनै पनि अज्ञात लिंक, कल वा सन्देशमाथि विश्वास गरेर आफ्नो व्यक्तिगत वा ब्यांकिंग जानकारी साझा नगरून्। ठगीको शिकार भएको तुरून्तैपछि निकटतम थाना वा साइबर अपराध शाखासित सम्पर्क गरियोस् ताकि समयमै उचित कारबाही गर्न सकियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande