डिब्रुगढ़ (असम), 2 जुलाई (हि.स.)। असमको दुलियाजान शहरको हुकुटा चारियालीस्थित नयाँ बसअड्डा नजिकै ओयल इण्डिया लिमिटेड (ओयल)-को काँचो तेल लैजाने पाइपलाइनबाट बुधवार अधिक मात्रामा तेल चुहिरहेको घटना सामु आएको छ।
स्थानीय मानिसहरू अनुसार हेर्दा-हेर्दै पाइपलाइनबाट लगातार तथा द्रूत गतिमा काँचो तेल बग्न थाल्यो जसबाट वरिपरीका क्षेत्रमा भय फैलिएको छ। मानिसहरूमा भाग-दौड़ मच्चिएको छ। घटनाको जानकारी पाउनसाथ ओयल इण्डिया लिमिटेडको तकनिकी दलले घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गर्ने प्रयास शुरू गरेको छ।
ग्यास चुहिएको घटनाबाट अहिलेसम्म कुनै ठूलो नोक्सान भएको सूचना प्राप्त भएको छैन, तर पर्यावरणीय प्रभावलाई लिएर चिन्ता व्यक्त गरिँदैछ। क्षेत्रमा काँचो तेल फैलिएको छ जसबाट आगो लाग्ने खतरा उत्पन्न भएको छ। सम्बन्धित विभागका अधिकारीहरूले मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा