दिशा अनुगमन संयन्त्रको लागि प्रभाव मूल्याङ्कन र आंकलन अध्ययनमाथि बैठक
दिशा अनुगमन संयन्त्रको लागि प्रभाव मूल्याङ्कन र आंकलन अध्ययनमाथि बैठक


गेजिङ, 02 जुलाई (हि.स.)। गेजिङ जिल्लाका जिल्लापाल तेञ्जिङ डी. डेञ्जाेङपाकाे अध्यक्षतामा दिशा अनुगमन संयन्त्रको लागि प्रभाव मूल्याङ्कन र आंकलन अध्ययनमाथि बैठक आयाेजन गरियाे। जिल्ला प्रशासनिक केन्द्रमा आयाेजित बैठककाे उद्देश्य राष्ट्रिय श्रम अर्थशास्त्र अनुसंधान एवं विकास संस्थानकाे जारी मूल्याङ्कनलाई सहज बनाउनु रहेकाे थियाे।

संस्थानकाे अगुवाई डा. समरजित चक्रवर्ती र डा. प्रियंकाले गरेका थिए। टोलीलाई विगत चार वर्षमा जिल्ला विकास समन्वय तथा अनुगमन समिति (दिशा) प्रणालीको कार्यप्रणाली र प्रभावकारिताको मूल्याङ्कन गर्ने जिम्मेवारी दिइएको छ।

मूल्याङ्कन प्रक्रियाको एक भागको रूपमा टोलीले गेजिङ जिल्ला दिशा समितिका सदस्यहरूलाई संरचित प्रश्नावली वितरण गर्‍यो। यस पहलको उद्देश्य समितिको कार्य सम्पादन र प्रभावको प्रमाण-आधारित समीक्षालाई समर्थन गर्न सरोकारवालाहरूबाट सान्दर्भिक डेटा र प्रतिक्रिया सङ्कलन गर्नु थियाे।

बैठकमा प्रमुख जिल्ला अधिकारीहरू, जिल्ला सदस्यहरू, विभिन्न एनजीओका प्रतिनिधिहरू आदि उपस्थित थिए।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande