ईडीको 900 करोड़ रूपिय़ाँको साइबर धोकाधड़ी मामिलामा दिल्लीका 5 ठेगानामा छापा
ईडी


नयाँ दिल्ली, 02 जुलाई (हि.स.)। प्रवर्तन निदेशालय (ईडी) ले बुधवार 900 करोड़ रूपियाँभन्दा अधिकको साइबर धोकाधड़ीसित जोड़िएको मनी लन्ड्रिङ जाँच अन्तर्गत दिल्लीमा पाँच ठेगानामा छापा मारेको छ।

आधिकारिक सूत्रहरू अनुसार, ईडीले एक चीनी नागरिक र अन्य केहीद्वारा कथित रूपमा 900 करोड़ रूपियाँभन्दा अधिकको साइबर धोकाधड़ीसित जोड़िएको मामिलाको जाँच अन्तर्गत दिल्लीमा धेरै ठाउँ छापा मारेको छ। केन्द्रिय जाँच एजेन्सीले यस धोकाधड़ीको जाँचको निम्ति धन शोधन निवारण अधिनियम, 2002 (पीएमएलए) अन्तर्गत एक आपराधिक मामिला पनि दर्ता गरेको छ।

सूत्रहरू अनुसार, जाँच अधिकारी शिनदाई टेक्नोलोजीज प्राइवेट लिमिटेड नामक कम्पनी विरूद्ध जाँचको क्रममा दिल्लीमा 5 ठेगानामा छापा मारेको छ। आम जनतालाई निवेशको नाममा धोका दिइएको थियो र फण्डलाई पूर्ण रूपमा मनी चेञ्जर्स (एफएफएमसी) को उपयोग गरी लुटिएको आरोप लगाइएको छ। य़स मामिलामा एक चीनी नागरिक र अन्य केही मानिसहरूको भूमिकाको जाँच गरिँदैछ, जहाँ अपराधको आय लगभग 903 करोड़ रूपियाँ हुने अनुमान छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande