नयाँ दिल्ली, 2 जुलाई (हि.स.)। दक्षिण-पश्चिम जिल्लाको स्पेशल टास्क फोर्स (एसटीएफ) तथा सनलाइट कलोनी थानाको संयुक्त कारबाहीमा भोर बिहान कुख्यात तथा भगौड़ा लुटेरा ललित उपनाम नेपाली भिड़न्तमा घाइते भयो। यो भिड़न्त राजधानी दिल्लीको सराय काले खाँ बस स्ट्याण्ड क्षेत्रमा भएको हो।
दिल्ली पुलिस अनुसार आरोपी ललित दुई दर्जनभन्दा अधिक मामिलाहरूमा सामेल रहिआएको छ भने केही मामिलाहरूमा अदालतले उसलाई भगौड़ा घोषणा गरिसकेको छ। ललितले एक आपराधिक मामिलामा 14 वर्षको सजाय भोगिसकेको छ जुन साकेत थानामा दर्ता थियो। उसको कब्जाबाट एउटा अत्याधुनिक सेमी-अटोम्याटिक पेस्तोल र चारवटा जिउँदो कारतूस दिल्ली पुलिसले जफ्त गरेको छ।
डीसीपी हेमन्त तिवारी अनुसार बुधवार भोर बिहान भएको भिड़न्तमा ललितले चलाएको गोलीबाट एसीपी, लाजपत नगरलाई बुलेटप्रुफ ज्याकेटले बचायो। पुलिसको जवाफी कारबाहीमा ललित घाइते भयो जसलाई अस्पतालमा भर्ती गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा