छुट्टीमा मोगली, आराम गर्नेछ शेर सिंहले
टाइगर


छिन्दवाड़ा, 02 जुलाई (हि.स.)। मध्य प्रदेशको छिन्दवाड़ा र सिवन जिल्लाबीच स्थित पेञ्च नेशनल पार्कको कोर एरिया 30 जूनदेखि मनसून सत्रको कारण बन्द भएको छ र आगामी तीन महिनासम्म बन्द रहनेछ, यसैले मोगली छुट्टीमा रहनेछ र सेर सिंह र बघीरा आराम गर्नेछन्। वस्तुतः पेञ्च पार्क मोगलीको पार्क हो। यस अवधि पर्यटकले पार्कमा प्रवेश गर्न सक्नेछैनन्। साथै उनीहरूले शेर, बघीरा र वन्यजीवहरूको हेर्न पाउनेछैनन्।

हरेक वर्ष सरह यस पाली पनि जुलाई, अगस्त र सेप्टेम्बर महिनामा कोर एरियामा पर्यटकहरूको आवाजाही बन्द रहनेछ। यस सम्बन्धमा पेञ्च टाईगर रिजर्भका अधिकारीको भनाई छ, यो निर्णय पार्कमा वन्य जीवहरूको संरक्षण र उनीहरूको प्राकृतिक आवासलाई बनाइ राख्नको निम्ति लिइन्छ। मनसूनमा पार्कमा पानी अधिक हुँदा वन्य जीवहरूको आवागमनलाई ध्यानमा राखेर निर्णय लिइएको हो। पेञ्च टाइगर रिजर्भको कोर एरिया तीन महिनाको निम्ति बन्द रहनेछ। पर्यटकहरूका लागि केवल बफर जोनमा जंगलको सुन्दरता हेर्ने विकल्प खुल्ला रहनेछ। जसमा उनीहरूले केवल जंगल र प्राकृतिक सौन्दर्य हेर्नपाउनेछन्।

पेञ्च पार्क प्रबन्धन अनुसार, कोर एरिया बन्द भइरहेपनि जंगलको सुरक्षामा कुनै कमी रहनेछैन। पार्कको टीमले लगातार गश्ती गर्नेछ। वन्यजीवको सुरक्षाको निम्ति विशेष तयारी रहनेछ। मनसूनमा पार्कमा वन्य जीव संरक्षणलाई प्राथमिकता दिइनेछ। पेञ्च पार्क 01 अक्टोबरदेखि खोलिनसक्छ। यस अगाड़ी पार्कको मरम्मति र सफाई पनि गरिनेछ। तीन महिनापछि पर्यटकले शेर सिंह र बघीरालाई फेरि हेर्न पाउनेछन्। जब मनसूनको मौसम समाप्त हुनेछ र पार्कमा पर्यटकहरूले फेरि वन्य जीवहरू हेर्नपाउनेछन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande