नयाँ दिल्ली, 02 जुलाई (हि.स.)। राजधानी दिल्ली र एनसीआर समेत देशका धेरै राज्यहरूमा आगामी केही दिनसम्म रोकिन्दै मनसून जारी रहनसक्छ। यस अवधि दिल्ली-एनसीआरमा अधिकतम तापक्रम 33 देखि 35 डिग्री सेल्सियस र न्यूनतम लगभग 25 देखि 27 डिग्री सेल्सियस रहनसक्छ।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी) अनुसार, आगामी केही दिनसम्म देशका धेरै हिस्साहरूमा भारीदेखि अत्यन्त भारी पानी पर्नसक्छ। पूर्वी राजस्थान, मध्य प्रदेश र उत्तर प्रदेशका विभिन्न क्षेत्रहरूमा तीव्र वर्षाको चेताउनी जारी गरिएको छ। केही ठाउँ अत्यधिक पानी परेको कारण पानी जमा हुने र बाढ़ी जस्ता स्थिति बन्ने आशंका छ। छत्तीसगढ़, पूर्वी उत्तर प्रदेश, हरियाणा, झारखण्ड, मध्य महाराष्ट्र, चण्डीगढ़, दिल्ली, हिमाचल प्रदेश र ओडिशामा पनि तीव्र पानी पर्ने सम्भावना छ।
गत केही दिनमा पश्चिमी उत्तर प्रदेश, हरियाणा, गुजरात, झारखण्ड, तेलङ्गाना, कोंकण र असम जस्ता राज्यहरूमा मूसलधारे पानी परेको कारण धेरै ठाउँ जनजीवन अस्त-व्यस्त भएको छ। भारी वर्षाले तराई क्षेत्रहरूमा पानी जमा हुने स्थिति बनेको छ र यातायातमाथि पनि असर परेको छ।
आईएमडीको आगामी 24 घण्टाको पूर्वानुमान अनुसार, पञ्जाब, उत्तराखण्ड, हिमाचल प्रदेश, मध्य प्रदेश छत्तीसगढ़ र पूर्वी गुजरात समेत देशका धेरै हिस्साहरूमा हल्कादेखि मध्य वर्षाको साथ केही ठाउँ भारी वर्षा हुने सम्भावना छ। यस बाहेक पूर्वोत्तर भारत, अण्डमान-निकोबार, ओडिशा, विदर्भ, तटीय कर्नाटक, तेलंगाना र तटीय आन्ध्र प्रदेशमा पनि पानी पर्ने क्रम जारी रहने सम्भावना छ।
हिन्दुस्थान समाचार / भवानी थामी