बीजापुर, 02 जुलाई (हि.स.)। छत्तीसगढ़को बीजापुर जिल्लाको मद्देड़ थाना क्षेत्र अन्तर्गत सिराकोन्टा-दम्पायाको मध्य स्थित जंगलमा नक्सलीहरूद्वारा लगाइएको प्रेशर आईईडीको चपेटमा पर्दा बुधवार एक ग्रामीण विशाल गोटे (32) निवासी पेगड़ापल्लीको खुट्टामा गम्भीर चोट लाग्यो। जगदलपुरको मेडिकल कलेजमा उसको उपचार भइरहेको छ। गाउँलेहरूले यसको जानकारी पुलिसलाई दिएका छन्। बीजापुर एएसपी चन्द्रकान्त गवर्णाले यसको पुष्टि गर्दै मामिलाको जाँच भइरहेको बताए।
बीजापुर एएसपीले भने, ग्राम पेगड़ापल्ली निवासी विशाल गोटे सिराकोन्टा-दम्पायाको जंगलबाट फुटू (प्राकृतिक मशरूम) निकाल्न गएको थियो। तर त्यस क्षेत्रमा नक्सलीहरूले जवानहरूलाई नोकसान पुऱ्याउन अगावै प्रेशर आईईडी प्लान्ट गरेका थिए। सोही अवधि विशालको खुट्टा प्रेशर आईईडीमाथि पर्दा जोडदार धमाका भयो। प्रेशर आईईडीको विस्फोटमा उसको खुट्टामा गम्भीर चोट लाग्यो। जुन समय धमाका भयो, त्यस समय गाउँका अन्य केही गाउँलेहरू पनि त्यहा थिए। धमाकाको आवाज सुनेर उनीहरू सबै घटनास्थलमा पुगे। यसपछि उनीहरूले घाइतेलाई पहिले मद्देड़ अस्पताल लगे। यहाँ प्राथमिक उपचारपछि उसलाई जिल्ला अस्पताल र फेरि जगदलपुर मेडिकल कलेजको निम्ति रेफर गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी