‘जमात-ए-इस्लामी’ लाई लिएर भाजपाको कांग्रेसमाथि हमला- अवसरवादी राजनीति गर्दछ कांग्रेसले
चन्द्र


नयाँ दिल्ली, 02 जुलाई (हि.स.)। पूर्व केन्द्रिय मन्त्री एवं केरल भाजपाका अध्यक्ष राजीव चन्द्रशेखरले कांग्रेस पार्टीमाथि तीखो हमला गरेका छन्। उनले भने, नीलाम्बुर उपचुनाउमा कांग्रेसले खुल्लेर जमात-ए-इस्लामी को समर्थन लियो र जित हासिल गऱ्यो। कांग्रेसीहरूले एकातिर संविधान हातमा लिएर घुम्छन्, सेक्युलरिज्मको कुरा गर्छन् तर सत्य यही हो कि राष्ट्रविरोधी र अलोकतान्त्रिक पार्टी कांग्रेस र इन्डी गठबन्धनले अवसरवादी राजनीति गर्दछ।

पूर्व केन्द्रिय मन्त्रीले यी कुरा बुधवार दिल्ली स्थित भाजपा मुख्यालयमा आयोजित प्रेस वार्तामा भने। उनले भने, एक संगठन छ, जसलाई 1941 मा स्थापित गरियो। यो देशविरोधी संगठन हो भनी लामो समयदेखि भनिन्दैछ। यस संगठनको नाम हो, जमात-ए-इस्लामी। जुन सेक्युलरिजम र लोकतन्त्रको विरोधी हो। यसलाई कांग्रेसले पनि खतरनाक संगठन ठान्थ्यो तर पहिलो पल्ट वायनाडमा कांग्रेसले खुल्लेर जमात-ए-इस्लामीको समर्थन लियो र त्यहाँ कांग्रेसले चुनाउ जित्यो।

केरल भाजपा अध्यक्षले भने, साल 2018 मा कांग्रेसका एक मुख्यमन्त्रीले आफै अदालतमा भनेका थिए, जमात-ए-इस्लामी एक धेरै नै खतरनाक संगठन हो। यिनीहरू धर्मनिरपेक्षता विरोधी, संविधान विरोधी हुन् र लोकतान्त्रिक मूल्यहरूमा विश्वास गर्दैनन्। तरैपनि नीलाम्बुर उपचुनाउमा कांग्रेसले पहिलो पल्ट खुल्लेर जमात-ए-इस्लामीको समर्थन स्वीकार गऱ्यो र त्यस चुनाउमा जित हासिल गऱ्यो। वर्षौंसम्म जमात-ए-इस्लामी राजनीतिक रूपले अलग-थलग रह्यो तर पहिलो पल्ट कांग्रेसले खुल्लेर उसको साथ गठबन्धन गऱ्यो। कांग्रेस कुनै पनि मूल्यमा जित्न यति आतुर छ कि उसले जमात-ए-इस्लामीलाई मुख्यधाराको राजनीतिमा ल्याउने प्रयास गरिरहेको छ।

उनले भने, राहुल गान्धीको पूर्व निर्वाचन क्षेत्र र प्रियंका गान्धीको वर्तमान क्षेत्रमा हालमा भएको नीलाम्बुर उपचुनाउमा कांग्रेसले खुल्लेर जमात-ए-इस्लामीबाट समर्थन माग्यो। उनले आरोप लगाउँदै भने, कांग्रेस पार्टी संविधानलाई ताकमा राख्छ र भाजपामाथि साम्प्रदायिक भएको आरोप लगाउँछ तर सत्य यही हो कि असली देश विरोधी, लोकतन्त्र विरोधी र संविधान विरोधी पार्टीहरूको साथ कांग्रेस र उसको गठबन्धनले अवसरवादी राजनीति गर्छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande