तृणमूल सांसद सौगत रोयको स्थिति गम्भीर
रोय


कोलकाता, 02 जुलाई (हि.स.)। तृणमूल कांग्रेसका वरिष्ठ सांसद सौगत रोयको स्वास्थ्य लगातार गम्भीर बन्दै गइरहेको छ। नर्व रोग, श्वसन संक्रमण, किडनीको गड़बड़ी र उच्च रक्तचाप समेत धेरै जटिलताहरूसित जूझिरहेका रोयको स्थिति अहिले स्थिर भएपनि गम्भीर बनेको छ। डाक्टरहरूको भनाई छ, उनलाई राइस ट्यूबको माध्यमले भोजन दिँदैछ र शरीरमा पोटेशियमको स्तर असामान्य रूपमा बढ़ेको छ।

सौगत रोयको स्वास्थ्य त्यस समय खराब भयो जब उनी हालमा दीघामा आयोजित जगन्नाथ मन्दिरको उद्घाटन समारोहमा जानेवाला थिए। उनको मुटुमा अगावै पेसमेकर लगाइएको थियो र अक्षय तृतीयाको दिन अचानक उनी अस्वस्थ हुँदा उनलाई पहिले बेलघरिया स्थित एक अस्पताल र फेरि दक्षिण कोलकाताको एक निजी अस्पतालमा भर्ती गराइयो। उनी 22 जूनदेखि अस्पतालमा भर्ती छन्।

सौगत रोयको उपचारको निम्ति एक मेडिकल बोर्ड गठन गरिएको छ, जसमा प्रमुख स्नायुरोग विशेषज्ञ डाक्टर मनोज साहा बाहेक डा. वैभव, अरिन्दम मैत्र र राहुल जैन सामेल छन्। डाक्टरहरू अनुसार, सांसदलाई निद्रा नलाग्ने गम्भीर समस्या छ, जसबाट उनको स्थिति अझ् बिग्रिरहेको छ। सोमवारदेखि स्थिति अझ् अधिक जटिल भयो, जसले गर्दा उनलाई ट्यूबको माध्यमले भोजन दिनुपऱ्यो।

मेडिकल बुलेटिन अनुसार, सौगत रोयको सास नलीमा संक्रमण छ। उनलाई होई ब्लड प्रेशरको शिकायत छ। किडनी सम्बन्धी समस्या पनि देखिएको छ र इन्सुलिन पनि दिँदैछ। यस बाहेक ढ़ाड़ दुःख्ने समस्या पनि छ र बोल्दा समस्या भइरहेको छ। डाक्टरहरूको भनाई छ, अब उनलाई फिजियोथेरेपीको पनि आवश्यकता छ।

यस अघि 10 मार्चमा संसद सत्रमा पनि सौगत रोय संसद भवनमै अस्वस्थ भएका थिए। त्यस समय उनलाई व्हीलचेयरमा बाहिर ल्याइयो र दिल्लीको राममनोहर लोहिया अस्पताल लगियो। यद्यपि, तब उनको स्थिति स्थिर रह्यो र उनलाई भर्ती गर्ने आवश्यकता परेन।

सौगत रोयको बिग्रन्दै गइऱहेको स्वास्थ्यलाई लिएर कांग्रेसका नेताहरू र समर्थकहरूमा गहिरो चिन्ता छ। पार्टी सूत्रहरू अनुसार, उनको स्वास्थ्यलाई लिएर लगातार निगरानी राखिँदैछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande