गान्तोक, 02 जुलाई (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज हरियाणाको भिवानीस्थित पवित्र पहाडी माताको मन्दिरमा आयोजित पूजामा भाग लिए। उनले यस आध्यात्मिक रूपमा समृद्ध तीर्थयात्राको क्रममा प्रतिष्ठित मन्दिरमा प्रार्थना गर्दै गहिरो भक्तिभावका साथ परम्परागत अनुष्ठानहरूमा भाग लिएको आज सामाजिक सञ्जालमा जानकारी गराएका छन्।
मुख्यमन्त्रीले यस पवित्र अवसरमा सिक्किमका जनता र राष्ट्रको दिगो शान्ति, समृद्धि र समग्र कल्याणको निम्ति प्रार्थना गरे। यस क्रममा उनले स्थानीय समुदायका सदस्यहरू, मन्दिरका पुजारीहरू र आयोजन समितिसॅंग अन्तरक्रिया गर्ने अवसर पाएको उल्लेख गरेका छन्।
मुख्यमन्त्रीले मन्दिरको पवित्रता र आध्यात्मिक विरासतको संरक्षणमा उनीहरूको अथक प्रयास र उनीहरूको न्यानो आतिथ्यताले सांस्कृतिक गौरव र प्रतिबद्धताको गहिरो भावनालाई प्रतिबिम्बित गर्दछ भनी उल्लेख गरेका छन्। उनले पहाडी माता मन्दिरको स्थानीय प्रशासन, भिवानी जिल्ला प्रशासन र हरियाणा सरकारलाई आफ्नो यात्रा अवधि निर्बाध समन्वय र उदार सहयोगको लागि धन्यवाद दिएका छन्।
हिन्दुस्थान समाचार / बिशाल