एसडीएफ पार्टीको दक्षिण जिल्ला कार्यकारी स​मिति गठित
एसडीएफ पार्टीको दक्षिण जिल्ला कार्यकारी स​मिति गठित


गान्तोक, 02 जुलाई (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीको नाम्चीस्थित जिल्ला मुख्यालयमा आज एक सभा सम्पन्न भयो। नव निर्माण समितिका सदस्य कर्मा टाशी भोटियाको अध्यक्षतामा सम्पन्न बैठकमा निर्मल प्रधान, कृष्ण खरेल, आमोश लेप्चा, देव गुरुङ, दिव्य खतिवडा, पीके राई आदि उपस्थित थिए।

सभामा जिल्लाका सबै निर्वाचन क्षेत्रबाट पार्टीका कार्यकर्ताहरु उपस्थित थिए। सभामा उपस्थित पार्टी कार्यकर्ताहरुले हालैमा पार्टीबाट विभिन्न पदमा निर्वाचित कार्यकर्ताहरू काेमल चामलिङ (चेली प्रभारी), याेजना खालिङ (प्रवक्ता) र डीके राई (युवा प्रभारी) लाई बधाई दिॅंदै अभिनन्दन गरियो।

आजको सभामा जिल्लाको नयॉं कार्यकारी समिति पुनर्गठन गरिएको जानकारी प्रेस विज्ञप्तिमा दिइएको छ। सभामा उपस्थित सबै कार्यकर्ताहरुको छलफलपछि जिल्ला समितिकाे नयाँ कार्यकारीहरू चयन गरिएको छ।

सभाध्यक्ष भोटियाले आफ्नो सम्बोधनमा नवनिर्वाचित सदस्यहरूलाई बधाई दिए। उनले एक असल कार्यकर्ताले संगठनको लागि कसरी सहयोग गर्न सक्छ भन्ने विषयमाथि प्रकाश पारेका थिए। यस अघि दक्षिण जिल्ला कार्यकर्ता रमेश किरातले स्वागत सम्बोधनमा सभाको उद्देश्यमाथि प्रकाश पारेका थिए। सभालाई पार्टी नेतृत्वहरू निरू सेवा, सकुन गुरुङले पनि सम्बोधन गरेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande