सिलगड़ी, 02 जुलाई (हि.स.)। सिलगढ़ी मेट्रोपोलिटन पुलिसको प्रधाननगर थानाको पुलिसले दुई अलग-अलग मामिलामा चारजना आरोपीहरूलाई पक्राउ गरेको छ। चारै आरोपीहरूलाई अदालतको माध्यमबाट जेलमा पठाइएको छ।
पहिलो मामिलामा प्रधाननगर थानाको पुलिसले 70 बोतल प्रतिबन्धित कफ सिरप सहित दुईजना तस्करहरूलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरूमा शम्भु भण्डारी र किशोर सिंह सामेल छन्। शम्भु भण्डारी नेपाल अनि किशोर सिंह उत्तराखण्डका निवासी हुन्। दुवै आरोपीलाई गए राती प्रधान नगर थानाको पुलिसले सिलगढ़ी जंक्शन क्षेत्रबाट पक्राउ गरेको हो।
दोस्रो मामिलामा प्रधाननगर थानाको पुलिसले दुई चतुर उपद्रवीहरूलाई पक्राउ गरेको छ। पक्रा पर्ने उपद्रवीहरूको नाम चन्द्र दास र समीर दास हो। दुवै देवीडांगाका हुन्। पुलिसले विगत लामो समयदेखिकै यी उपद्रवीहरूलाई खोजिरहेको थियो। आज पक्रा पर्ने चारै आरोपीहरूलाई सिलगढ़ी अदालतमा पेश गरियो जहाँबाट चारैलाई 14 दिनको लागि जेलमा पठाइयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा