सिलगढ़ी, 2 जुलाई (हि.स)। नक्सलबाड़ीको हातिघिसामा भू-माफियाहरूद्वारा अवैध रूपमा सिचाई क्यानलमाथि बनाइएको पुललाई प्रशासनले भत्काइदिएको छ। आरोप छ, सिचाई क्यानलको किनारमा रहेको जमीनलाई बेच्नको लागि भू-माफियाहरूले सिचाई क्यानलमाथि अवैध रूपमा कंक्रिटको पुल बनाएका थिए। यस बारे जानकारी पाएपछि बुधवार भूमि एवं भूमि राजस्व विभागले अभियान संचालन गरी पुललाई ध्वस्त बनाइदियो। नक्सलबाड़ीका भूमि एवं भूमि राजस्व अधिकारी दीपाञ्जन मजुमदारले भने, सिचाई क्यानलमाथि अनुमति बिनै अवैध रूपमा कंक्रिटको पुल निर्माण गरिएको थियो जसलाई जेसीबीको सहयोगमा ध्वस्त बनाइएको छ। भू-माफियाले अवैध रूपमा पुल निर्माण गरी सड़क बनाउने काम गरिरहेको थियो ताकि अवैध रूपमा सरकारी जमीनलाई बेच्न सकियोस्। उनले अझ भने, लगातार सबै सरकारी जमीनमा बोर्ड लगाइनेछ। साथै सरकारी जमीनहरूमा निगरानी राखिँदैछ। ताकि कुनै अवैध निर्माण वा कब्जा हुन नसकोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा