चोरीको आरोपमा समातिए तीन नाबालिक, पुलिसलाई सु्म्पिइयो
चोरीको आरोपमा समातिए तीन नाबालिक, पुलिसलाई सु्म्पिइयो


सिलगढ़ी, 02 जुलाई (हि.स.)। चोरीको आरोपमा स्थानीय मानिहरूले तीनजना नाबालिकलाई समातेका छन्। तीनैजनालाई प्रधान नगर थाना अन्तर्गत मार्गरेट स्कूल नजिकबाट संदिग्ध अवस्थामा समातिएको हो। पछि तीनै नाबालिकलाई प्रधान नगर थानामा सुम्पिइयो।

प्राप्त जानकारी अनुसार स्थानीय मानिसहरूले बुधवार अपरान्ह नाबालिकहरूलाई संदिग्ध अवस्थामा घण्टौंसम्म घुमिरहेको देखेपछि शंकाको आधारमा तीनैजनालाई समातियो। जाँचबुझ गर्दा नाबालिकहरूले आफ्नो अपराधलाई स्वीकार गर्दै भने, केही दिनपूर्व यिनीहरूले क्षेत्रमा एउटा बाइक र ग्यास सिलेण्डर चोरी गरेका थिए। त्यसपछि स्थानीय मानिसहरूले नाबालिकहरूलाई बाँधेर प्रधाननगर थानालाई सूचित गरे।

सूचना पाउनसाथ पुलिस घटनास्थलमा पुगेर तीनैजना नाबालिकहरूलाई पक्राउ गरेर आफूसित लिएर गयो। स्थानीय मानिसहरूले आरोप लगाए, यी नाबालिकहरूले पहिला क्षेत्रको रेकी गर्छन्, त्यसपछि मौका छोपेर चोरी गर्छन्। घटनाको खबर पाएर वार्ड वार्षद गार्गी च्यटर्जी पनि घटनास्थलमा पुगिन्।

उनले भनिन्, तीन संदिग्ध नाबालिकहरूलाई स्थानीय मानिसहरूले समाते। नाबालिकहरूले चोरीको आरोपलाई स्वीकार गरेका छन्। वर्तमानमा केही आपराधिक घटनाहरू बढ़्दै गइरहेको छ, यदि स्थानीय मानिसहरू यसरी सजग रहे घटना हुन अगावै लगाम लगाउन सकिन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande