नया दिल्ली, 22 जुलाई (हि.स.)। कांग्रेस महासचिव एवं लोकसभा सदस्य प्रियंका गान्धी वाड्राले बिहारमा चुनाउ आयोगद्वारा चलाइरहेको मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) अभियानलाई लोकतन्त्रको हत्या बताउँदै यसलाई तत्काल रोक्ने माग गरेकी छन्।
प्रियंका गान्धीले मंगलवार संसद भवन परिसरमा पत्रकारहरूलाई भनिन्, एसआईआरको प्रक्रिया पूर्ण रूपमा गलत हो र यसबाट मतदाताहरूको अधिकारहरूको हनन भइऱहेको छ। यस अवधि उपस्थित कांग्रेसका राज्यसभा सदस्य इमरान प्रतापगढ़ीले पनि एसआईआरलाई लिएर गम्भीर आपत्ति व्यक्त गर्दै भने, यो देशभरिका मतदाताहरूको भोट लूट्ने षड़यन्त्र हो। कांग्रेसले यस मुद्दालाई संसदमा गम्भीरताले उठाउनेछ र यो केवल बिहार नभएर पूरा देशको लोकतान्त्रिक ढाचासित जोड़िएको प्रश्न हो।
यस अगाड़ी आज एसआईआरको मुद्दामा विपक्षी सांसदहरूले संसदको मकर द्वारमा विरोध प्रदर्शन गरे। यस अवधि कांग्रेसका पूर्व अध्य़क्ष एवं लोकसभामा विपक्षका नेता राहुल गान्धी, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव समेत धेरै प्रमुख विपक्षी नेता उपस्थित थिए। सबै नेताहरूले आफ्नो हातमा एसआईआरको विरोधको पोस्टर लिएका थिए, जसमा एसआईआर विरोधी नारा लाखिएको थियो। चुनाउ आयोगले बिहारमा आगामी विधानसभा चुनाउ अगाड़ी मतदाता सूचीलाई अद्यतन गर्नका लागि एसआईआर गराइऱहेको छ। यस प्रक्रियामा अहिलेसम्म 90.67 प्रतिशत मतदाताहरूले फारम भरेका छन्। यसपछि ड्राफ्ट सूची जारी हुनेछ र 30 सेप्टेम्बरसम्म अन्तिम मतदाता सूची प्रकाशित गरिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी