नयाँ दिल्ली, 22 जुलाई (हि.स.)। जम्मू-कश्मीरलाई पूर्ण राज्यको दर्जा दिने माग लिएर कांग्रेसले मंगलवार दिल्लीको जन्तर-मन्तरमा विरोध प्रदर्शन गऱ्यो। यस अवधि कांग्रेसका वरिष्ठ नेताहरूका साथै जम्मू-कश्मीरका पार्टीका धेरै नेताहरू पनि उपस्थित रहे।
कांग्रेस महासचिव केसी वेणुगोपालले भने, मोदी सरकारले न केवल जम्मू-कश्मीरको जनतासित तर सुप्रीम कोर्टसित पनि वाचा गरेको थियो कि चुनाउपछि राज्यको दर्जा बहाल गरिनेछ तर अहिलेसम्म यसो गरिएको छैन। कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगे, सोनिया गान्धी, राहुल गान्धी र पूरा पार्टी जम्मू-कश्मीरवासीहरूका साथ तबसम्म खड़ा रहनेछ जबसम्म उनीहरूले आफ्नो अधिकार पुनः पाउँदैनन्।
प्रदर्शनमा जम्मू-कश्मीर प्रदेश कांग्रेस अध्यक्ष तारिक हमीद कर्राले भने, जन्तर मन्तरमा उपस्थित पार्टी कार्यकर्ता सैकड़ौं किलोमीटरको दूरी तय गरी दिल्ली आएका छन्। यी सबै कार्यकर्ता गत छह महिनादेखि हाम्रो सम्पत्ति, हाम्रो अधिकार को नारालाई गाउँ-गाउँ पुऱ्याइऱहेका छन् र जम्मू-कश्मीरको निम्ति आवाज उठाइरहेका छन्। यो केवल एक राजनीतिक लडाई नभएर जन अधिकारहरूको लड़ाई हो, जसलाई कांग्रेसले छोड्नेछैन।
उल्लेख्य, यस अगाड़ी पार्टीले श्रीनगर र जम्मूमा पनि राज्यको दर्जा बहाल गर्नका लागि प्रदर्शन गरेको थियो। सोमवार कांग्रेस नेताहरूको एक ठूलो समूह दिल्ली चलो अभियान अन्तर्गत जम्मूदेखि नयाँ दिल्लीको निम्ति प्रस्थान भएको थियो। पार्टीले यस मुद्दालाई देशव्यापी जन आन्दोलन बनाउने घोषणा गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी