नयाँ दिल्ली, 22 जुलाई (हि.स.)। संसदको मनसून सत्रको दोस्रो दिन मंगलवार दुवै सदनको कारबाही विपक्षको हंगामाको कारण दुई पल्ट स्थगित भएपछि दिनभरिको निम्ति स्थगित गरियो। संसदीय कार्य मन्त्री किरण रिजिजूले विपक्षसित सदनलाई चल्नदिने अनुरोध गर्दै भने, सरकार उनीहरूको मागहरू अनुरूप चर्चाको निम्ति तयार छ। तरैपनि विपक्षले दोहोरो मानदण्ड अपनाइरहेको छ।
संसदीय कार्यमन्त्री रिजिजूले लोकसभा दुई पल्ट स्थगित भएपछि विपक्षसित अनुरोध गरे कि उसले सदनलाई चल्न दिओस्। उनले बताए, कार्य मन्त्रणा समितिमा चर्चा भएको थियो, जसलाई अन्तिम रूप दिइएको छैन। विपक्षले सरकारसित अपरेशन सिन्दूरमाथि चर्चा गर्न चाहन्छ, जसलाई सरकारले स्वीकार गरेको छ तर विपक्षका सबै मुद्दाहरूमा एकसाथ चर्चा सम्भव छैन।
उनले भने, कार्य मन्त्रणा समितिमा अपरेशन सिन्दूरमाथि कुन नियम अन्तर्गत कति बेर चर्चा हुनुछ, सो तय गरिएको छ। एकसाथ सबै मुद्दाहरूमा चर्चा सम्भव छैन। विपक्षले चर्चाको माग गरिरहेको छ र सरकारले यसलाई स्वीकार गरेको छ, यस्तोमा विपक्षको दोहोरो मानदण्ड चल्नेछैन। देशको करोड़ौं रूपियाँको नोकसान भइरहेको छ।
यसपछि पीठासीन अधिकारी दिलीप सैकियाले विपक्षसित सरकारको अनुरोधमा विचार गर्ने आग्रह गरे। उनले भने, सदनमा प्लाकार्ड र पोस्टर ल्याउनु गणतन्त्रको निम्ति सही होइन। हो-हल्ला नरोकिएको देखेर उनले कारबाहीलाई दिनभरिको निम्ति स्थगित गरे। राज्यसमा पनि यही स्थिति रह्यो र उपसभापति हरिवंशलाई कारबाहीलाई दिनभरिको निम्ति स्थगित गर्नुपऱ्यो।
लोकसभामा बिहान कारबाहीको शुरूआतमा अध्य़क्ष ओम बिरलाले विपक्षलाई हंगामा गर्दा नारा नलगाउने र प्लाकार्ड लिएर नआउनु भने। उनले बारम्बार भन्दा पनि हंगामा जारी रह्यो, जसले गर्दा कारबाही 12 बजीसम्म स्थगित गरियो। दिउँसो 12 बजी पनि कारबाही चलेन र दुई बजीसम्मको निम्ति स्थगित गरियो।
अर्कोतिर, राज्यसभामा आज उपसभापति हरिवंशले कारबाही शुरू गरे। उनले शून्यकाललाई चल्नदिने अनुरोध गरे। विपक्षको हंगामाको कारण कारबाहीलाई 12 बजीसम्मको निम्ति स्थगित गरियो। 12 बजी पुनः सदन शुरू हुँदा हंगामा जारी रह्यो र कारबाही 2 बजीसम्मका लागि स्थगित भयो।
संसद सत्रको पहिलो सोमवार पनि दुवै सदनमा व्यवधान रह्यो। विपक्षले पहलगाम मुद्दामा चार्चको माग गरिरहेको छ। यहीबीच हिजो राति उपराष्ट्रपति एवं राज्यसभाका सभापति जगदीप धनखड़ले आफ्नो पदबाट राजीनामा दिएका थिए।
हिन्दुस्थान समाचार / भवानी थामी