पटना, 22 जुलाई (हि.स.)। ग्याङ्ग्स्टर चन्दन मिश्राका हत्याराहरूलाई पक्राउ गर्न गएको पुलिस र पटना स्पेशल टास्क फोर्स (एसटीएफ) को टीममाथि मंगलवार बिहानै भोजपुर जिल्लाको बिहिया थाना क्षेत्रमा भएको भिड़न्तमा दुई अपराधीहरूको हात-खुट्टामा गोली लागेको छ। एक अभियुक्तलाई पक्राउ गरियो।
भोजपुर पुलिसको विज्ञप्ती अनुसार, अपराधीहरूले पुलिसलाई देख्नसाथ अन्धाधुन्ध गोलीबारी शुरू गरे। जवाबी कारबाहीमा पुलिसले पनि गोली चलायो, जसमा दुई अपराधी बलवन्त कुमार सिंह र रविन्जन सिंहको हात र खुट्टामा गोली लागेको छ। एक अपराधी अभिषेक कुमारलाई पक्राउ गरिएको छ। सोधपुछमा उसले आफ्नो अपराध स्वीकार गऱ्यो। घाइते अपराधीहरूलाई आरा सदर अस्पतालमा भर्ती गराइएको छ।
भोजपुर पुलिस अधीक्षकले बताए, यो भिड़न्त चन्दन मिश्रा हत्याकाण्डसित जोड़िएको संगठित गिरोहको खोजमा भएको हो। केही आरोपी फरार छन्। उनीहरूलाई खोज्न अपरेशन जारी राखिएको छ। क्षेत्रमा भारी पुलिस बलको तैनाती गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी