नयॉं दिल्ली, 22 जुलाई (हि.स.)। विपक्षी दलहरूले मंगलवार संसद सत्रको लागि आफ्ना प्राथमिकताहरू राखेका छन् र संसदमा प्रधानमन्त्री नरेन्द्र मोदी स्वयंबाट यसको जवाफ मागेका छन्। यी मुद्दाहरूमा पहलगाम हमला, अपरेशन सिन्दूर, डोनाल्ड ट्रम्पको बयान तथा बिहार एसआईआर प्रक्रिया सामेल छन्।
कांग्रेस नेता केसी वेणुगोपालले मंगलवार सोशियल मिडिया एक्समा यसको जानकारी साझा गरेका छन्। उनले भने, राज्यसभामा नेता प्रतिपक्ष मल्लिकार्जुन खरगे र लोकसभामा नेता प्रतिपक्ष राहुल गॉंधीको उपस्थितिमा विपक्षका नेताहरूको बैठक भयो। बैठकमा विपक्षले मनसून सत्र अवधि प्रमुख मुद्दाहरू उठाउने र यस अवधि प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने र प्रधानमन्त्री स्वयंले यसमा जवाफ दिनुपर्ने निर्णय लिइयो।
वेणुगोपालले भने, विपक्ष पहलगाममा भएको आतङ्की हमला, अपरेशन सिन्दूर र त्यसमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको कथित बयान, बिहारमा चलिरहेको एसआईआर प्रक्रिया, देशमा परिसीमनको स्थिति, दलित, आदिवासी र पछौटे वर्ग र महिलाहरू विरुद्ध बढ्दो अत्याचार, एआई 171 विमान दुर्घटना र मणिपुरमा जारी गृह संघर्ष जस्ता विषयहरूलाई लिएर गम्भीर छ। उनले यी सबै मुद्दाहरू जन साधारणसॅंग सम्बन्धित छन् र यसमा संसदको पटलमा गम्भीर चर्चा हुनुपर्छ भनेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी