चण्डीगढ, 22 जुलाई (हि.स.)। पञ्जाबको अमृतसरमा रहेको गुरु रामदास अन्तरराष्ट्रिय विमानस्थललाई बमले उडाउने धम्की दिइएको छ। यो धम्कीपछि मंगलवार विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ। यसैबीच, शिरोमणि गुरुद्वारा प्रबन्धक समिति (एसजीपीसी) लाई स्वर्ण मन्दिर बमले उडाउने धम्कीपूर्ण ई-मेल प्राप्त भएपछि पञ्जाबका मुख्यमन्त्री भगवन्त मान आज अमृतसर पुग्नेछन्। मुख्यमन्त्रीले यहॉं दरबार साहिबमा पूजा अर्चना गरेपछि पुलिससॅंग उक्त घटनाहरूको बारेमा जानकारी लिनेछन्।
सोमवार राति गुरु रामदास इन्टरनेशनल एयरपोर्टलाई बमले उडाउने सम्बन्धमा एउटा ई-मेल पठाइएको थियो। पुलिस जॉंचमा उक्त ई-मेलको प्याटर्न पनि त्यस्तै छ, जुन स्वर्ण मन्दिरलाई पठाइएको धम्कीहरूको थियो। यसपछि, यो समूह पहिले स्वर्ण मन्दिरलाई धम्की पठाउने नै हो भन्ने स्पष्ट भएको बताइएको छ। ई-मेल प्राप्त भएपछि मंगलवार बिहानदेखि अमृतसर एयरपोर्टमा सुरक्षा बुढाइएको छ।
अमृतसरका पुलिस कमिश्नर गुरप्रीत सिंह भुल्लर अनुसार, जॉंच प्रक्रिया जारी छ र प्राविधिक विश्लेषणमा समय लाग्न सक्छ। अहिले शुभम नामक व्यक्तिसॅंग सोधपुछ गरिॅंदैछ। चॉंडै संदिग्धहरूको पहिचान गरिने छ।
हिन्दुस्थान समाचार / भवानी थामी