नयाँ दिल्ली, 22 जुलाई (हि.स.)। उपराष्ट्रपति जगदीप धनखड़ले आफ्नो पदबाट राजीनामा दिएका छन्, जसलाई राष्ट्रपति द्रौपदी मुर्मूले स्वीकार गरेकी छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले उनको भूमिकालाई रेखांकित गरेका छन्।
गृह मन्त्रालयले संविधानको अनुच्छेद 67ए अन्तर्गत अधिसूचना जारी गरी उपराष्ट्रपति जगदीप धनखड़को राजीनामाको सूचना दिएको छ। उपराष्ट्रपति जगदीप धनखड़ले सोमवार स्वास्थ्य कारणहरूको उल्लेख गरी आफ्नो पदबाट राजीनामा दिएका थिए।
प्रधानमन्त्री मोदीले आज एक्स पोस्टमा भनेका छन्, जगदीप धनखड़लाई भारतको उपराष्ट्रपति सहित धेरै भूमिकाहरूमा देशको सेवा गर्ने अवसर प्राप्त भएको छ। म उनको उत्तम स्वास्थ्यको कामना गर्दछु।
उल्लेख्य, संसदको मनसून सत्रको शुरूआतमै उपराष्ट्रपतिको राजीनामा सबैको निम्ति आश्चर्यभन्दा कम थिएन। उनको राजीनामापछि नयाँ उपराष्ट्रपतिलाई लिएर अड़कलहरू शुरू भएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी