उपराष्ट्रपति जगदीप धनखड़को राजीनामामा विपक्षले उठायो प्रश्न
धनखड़


नयाँ दिल्ली, 22 जुलाई (हि.स.)। उपराष्ट्रपति जगदीप धनखड़को संसद सत्रबीच राजीनामामा विपक्षले प्रश्न खड़ा गरेको छ। कांग्रेस महासचिव जयराम रमेशले राजीनामालाई कार्य मन्त्रणा समिति (बीएसी) को दोस्रो बैठकमा अनुपस्थित रहनुसित जोड़े भने अखिलेश यादवले यसलाई व्यक्तिगत फसेला बताए। कांग्रेस सांसद कार्ति चिदम्बरमले यसलाई 'सोवियत स्टाइल' को राजीनामा बताए, जसमा वरिष्ठ अधिकारीहरूलाई अचानक पदबाट हटाइन्थ्यो।

जयराम रमेशले भने, सोमवार दिउँसो 12.30 बजी धनखड़ले बीएसीको पहिलो बैठकको अध्यक्षता गरेका थिए, जसमा जेपी नड्डा र रिजिजू दुवै उपस्थित थिए। बैठक साझँ 4.30 बजीदेखि फेरि हुनेछ भनी तय भयो। जब साझँ सदस्यहरू फेरि एकत्र भए तब दुवै वरिष्ठ नेता कुनै सूचनाको अनुपस्थित रहे। यो कुरा धनखड़लाई नराम्रो लाग्यो र केही बेरमा उनको राजीनामाको कुरा सामू आयो।

कांग्रेस सांसद कार्ति चिदम्बरमले यसलाई 'सोवियत स्टाइल राजीनामा' बताए। उनले आशा व्यक्त गरे कि आउने दिनहरूमा यस घटनाक्रममा धेरै कुरा अघि आउनेछ।

समाजवादी पार्टी प्रमुख अखिलेश यादवले यसलाई धनखड़को व्यक्तिगत निर्णय बताउँदै भने, भाजपाले भोट काट्नका लागि हरेक किसिमको विकल्प अपनाइऱहेको छ। उनले चुनाउ आयोग र प्रशासनमाथि पनि प्रश्न खड़ा गरे।

कांग्रेस सांसद गौरव गोगोईले धनखड़को राजीनामालाई दुर्भाग्यपूर्ण बताए। उनले भने, प्रधानमन्त्री मोदीको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया नआउनु पनि धेरै चिन्ताजनक हो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande