बाँसबेड़ियामा तृणमूल समर्थक 30 परिवार भाजपामा सामेल
बाँसबेड़ियामा तृणमूल समर्थक 30 परिवार भाजपामा सामेल


हुगली, 24 जुलाई (हि.स.)। हुगली सांगठनिक जिल्ला भाजपा कार्यालयमा बाँसबेड़िया नगरपालिकाको 22 नम्बर वार्डबाट तृणमूल कग्रेससित आवद्ध 30 परिवार भाजपामा सामेल भए।

यी सबै परिवारहरूले जिल्ला भाजपा अध्यक्ष गौतम चट्टोपाध्यायको नेतृत्वमा भारतीय जनता पार्टीको सदस्यता ग्रहण गरे। यस अवसरमा पार्टीका अन्य नेता एवं कार्यकर्ताहरू पनि उपस्थित थिए।

भाजपा नेताहरूले दाबी गरेका छन्, यो तृणमूल सरकारप्रति जनताको बढ़्दो असन्तोष अनि भाजपामाथि जनताको भरोसाको संकेत हो। स्थानीय सूत्र अनुसार यी परिवारहरूले तृणमूल कंग्रेसको विकासमा विफलता एवं स्थानीय स्तरमा भ्रष्टाचार-बाट दिक्क भएर भाजपामा सामेल भएका हुन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande