-मुख्यमन्त्रीले 34 वटा आयुष्मान आरोग्य मन्दिर, 8 वटा जन औषधि केन्द्रको उद्घाटन तथा एचआईएमएसको शुभारम्भ गरिन्
नयाँ दिल्ली, 24 जुलाई (हि.स.)। मुख्यमन्त्री रेखा गुप्ताले बिहीवार दिल्ली सचिवालयमा भर्चुअली 34 वटा आयुष्मान आरोग्य मन्दिर, 8 वटा जन औषधि केन्द्रको उद्घाटन अनि अस्पताल सूचना प्रबन्धन प्रणाली (एचआईएमएस)- को शुभारम्भ गरिन्। यस अवसरमा स्वास्थ्य मन्त्री डा. पंकज कुमार सिंह, सामाजिक कल्याण मन्त्री रविन्द्र इन्द्राज अनि विधायक उपस्थित थिए।
मुख्यमन्त्रीले कार्यक्रमलाई सम्बोधन गर्दै भनिन्, हामीले दिल्लीका स्वास्थ्य सेवाहरूलाई डिजीटलाइज्ड गरेर भ्रष्टाचारका सबै बाटोहरूलाई बन्द गरिदिएका छौं। उनले आम आदमी पार्टी (आआपा) सरकारको स्वास्थ्य मोडलमाथि प्रश्न चिन्ह लगाउँदै भनिन्, त्यसमा डाक्टर, नर्स, स्वास्थ्य कर्मी एवं औषधिहरूको अभाव सहित भ्रष्टाचार व्याप्त थियो।
मुख्यमन्त्रीले भनिन्, आआप सरकारले कुनै पनि पक्का नोकरी दिएन जबकि दिल्लीको भाजपा सरकारले पाँच महिनाभित्रै 1,388 जना नर्स र 41 जना प्यारामेडिकल स्टाफलाई स्थायी नोकरी दिएको छ। दिल्ली सरकारले स्वास्थ्य सेवाहरूलाई डिजीटलाइज्ड गरेर भ्रष्टाचारलाई निर्मूल पार्ने काम गरेको छ।
उनले भनिन्, दिल्ली सरकारले राजधानीलाई अयोग्य तथा आधुनिक स्वास्थ्य सुविधाहरूद्वारा लैस गर्ने संकल्प लिएर निरन्तर कार्य गरिरहेको छ। दिल्लीमा 1139 वटा आयुष्मान आरोग्य मन्दिर खोल्नुछ। हाम्रो कामको गतिलाई हेर्नुहोस्, जून महिनामा मात्र 33 वटा अऩि जुलाईमा 34 वटा नयाँ केन्द्र आरम्भ गरिएको छ। दिल्लीमा आयुष्मान आरोग्य मन्दिरको संख्या बढ़ेर 67 पुगेको छ जुन जनस्वास्थ्यप्रति हाम्रो प्रतिबद्धताको जीवन प्रमाण हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा