अगस्तको पहिलो सातामा घोषणा हुनसक्छ भाजपा प्रदेश कार्यकारिणीको
अगस्तको पहिलो सातामा घोषणा हुनसक्छ भाजपा प्रदेश कार्यकारिणीको


कोलकाता, 24 जुलाई (हि.स.)। पश्चिम बंगालमा आगामी विधानसभा चुनाउ- 2026 लाई लक्षित गर्दै भारतीय जनता पार्टी (भाजपा)-ले संगठनलाई नयाँ शिराबाट गठन गर्ने तयारीलाई तीव्रता दिएको छ। नयाँ प्रदेश अध्यक्ष शमिक भट्टचार्यको अगुवाईमा एउटा नयाँ टीमको खाका लगभग बनिसकेको छ।

पार्टीका एक जना शीर्ष नेता मुताविक यस नयाँ कमिटीलाई केन्द्रिय गृहमन्त्री अमित शाहको स्वीकृति पनि प्राप्त भइसकेको छ। सबै कुरा योजना अनुरूप भयो भने अगस्तको पहिलो साताभित्रमा नयाँ राज्य कमिटीको घोषणा गरिनेछ। उनले अझ बताए, शमिक भट्टचार्यले गत मंगलवार दिल्लीमा अमित शाहसित भेट गरी कमिटीका सम्भावित बदलाउलाई लिएर चर्चा गरेका थिए। उनले स्पष्ट संकेत दिएका छन्, यसपालि पुरानो र अनुभवी नेताहरूलाई विशेष महत्व दिइनेछ।

पार्टी सूत्र अनुसार किनाराकृत गरिएका वरिष्ठ नेता तथा निष्कासित गरिएका नेताहरूलाई पनि नया कमिटीमा स्थान प्राप्त हुनसक्छ। यसको लागि उनीहरूको निलम्बन जस्तो अनुशासनात्मक निर्णयलाई पार्टीले फिर्ता लिरहेको छ।

नयाँ कमिटी गठन गर्नमा शमिक भट्टचार्यका पुराना सहयोगी औ पूर्व प्रदेश अध्यक्षको भूमिका पनि महत्वपूर्ण हुनसक्छ। पार्टीभित्र यसो गरिए पुरानो कार्यकर्ताहरूमा जोश फर्किनसक्छ साथै सांगठनिक ढाँचालाई सुदृढ़ बनाउन सकिने चर्चा भइरहेको छ।

साथै पार्टीको मीडिया सेल, प्रवक्ता पद र विभिन्न मोर्चा संगठनहरूमा पनि व्यापक रूपमा फेरबदल गरिँदैछ। केही वरिष्ठ अनि अनुभवी अनुहारहरूलाई पुनः सक्रिय बनाउने योजना बनाइँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande