सोनारपुरमा जाली दस्तावेज ऱ्याकेटको भण्डाफोर, आरोपी पक्राउ
सोनारपुरमा जाली दस्तावेज ऱ्याकेटको भण्डाफोर, आरोपी पक्राउ


सोनारपुर, 24 जुलाई (हि.स.)। जाली दस्तावेज बनाउने गिरोहमा सामेल रहेको आरोपमा राजपुर सोनारपुर नगरपालिका क्षेत्रका एक जना व्यक्तिलाई पुलिसले पक्राउ गरेको छ। आरोप छ, सोनारपुर नगरपालिकाको वार्ड नम्बर तीनका काउन्सिलर जयन्त सेनगुप्ताको नक्कली हस्ताक्षर गरे एकपछि अर्को धेरैवटा महत्वपूर्ण दस्तावेजहरू बनाइँदैथ्यो। दस्तावेजहरूमा इनकम सर्टिफिकेट, ब्लड रिलेशन सर्टिफिकेट आदि सामेल छन् जसलाई काउन्सिलरको नाम र नक्कली हस्ताक्षर गरेर केही वार्डहरूमा वितरण गरिँदैथ्यो।

वार्ड नम्बर 3 मात्र नभएर 9, 12 र 34मा पनि यस्ता दस्तावेजहरू पुऱ्याइएको थियो। सबैभन्दा चकित पार्ने कुरा के छ भने यी सबै दस्तावेजहरूको सीरियल नम्बर एउटै जस्तो थियो। यसबाट यो धोकाधड़ी योजना अन्तर्गत लामो समयदेखिकै चल्दै आइरहेको स्पष्ट हुन्छ।

यस मामिलामा ढालुआ नवपल्लीका निवासी प्रशान्त नाथलाई पक्राउ गरिएको छ ज राजपुर-सोनारपुर नगरपालिकाको वार्ड नम्बर-2 का निवासी हुन्। पुलिस सूत्र अनुसार पेशाले उ दस्तावेज बनाउने काम गर्दछ, तर यसैको आड़मा उसले नक्कली सर्टिफिकेट बनाउनको लागि फ्याक्ट्री नै खोलेको थियो जहाँ एकपछि अर्को नक्कली दस्तावेजहरू जस्तै आधारमा राशन कार्ड, जाति प्रमाणपत्र सहित केही सरकारी पहिचान पत्र बनाइँदैथ्यो।

पुलिसले अब जाँच गरिरहेको छ कि यस जालझेल गिरोहमा अन्य को-को सामेल छ। यस्तो जाली फर्म र नक्कली मोहर कहाँबाट आउँथ्यो। जाँच अधिकारीहरूको भनाइ छ, यदि समयमै सतर्कता नअप्नाइएको भए आम मानिसहरू पनि यस धोकाधड़ीको शिकार हुनेथिए। पुलिसले अब सम्पूर्ण गिरोहको भण्डाफोर गर्नको लागि सक्रिय रूपमा जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande