कछार (असम), 24 जुलाई (हि.स.)। कछार जिल्लान्तर्गत दिघोरखाल टोल गेटमा भएको नियमित जाँचमा पुलिसले एउटा ट्रकबाट प्रचुर मात्रामा अवैध मदिरालाई जफ्त गरेको छ।
कछार जिल्लाका सम्बन्धित पुलिस अधिकारीले बताए, टोल गेटमा नियमित जाँच भइरहेको समय एउटा ट्रक (एएस-11ईसी-8141)-लाई रोकेर जाँच गरियो जसमा भारी मात्रमा अवैध मदिरा भेटियो। यी मदिराहरूमा सिग्नेचर व्हिस्की– 7 कार्टन (750 मिलीको प्रत्येक कार्टनमा 12 बोतल) मोठ 63 लीटर, ब्लेण्डर्स प्राइड– 4 कार्टन (750 मिलीको प्रत्येक कार्टनमा 12 बोतल) मोठ 36 लीटर, एब्सोल्यूट वोदका– 1 कार्टन (750 मिलीको प्रत्येक कार्टनमा 12 बोतल) मोठ 9 लीटर, किंगफिशर अल्ट्रा म्याक्स बीयर– 20 कार्टन (500 मिलीको प्रत्येक कार्टनमा 8 बोतल) मोठ 320 लीटर, रोयल स्ट्याग व्हिस्की– 54 कार्टन (750 मिलीको प्रत्येक कार्टनमा 12 बोतल) मोठ 486 लीटर सामेल छन् जसको मूल्य लगभग दश लाख रुपियाँ रहेको अनुमान लगाइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा