भनिन्- “बंगालको हृदयमा आज पनि जिउँदै छन् हाम्रा सपनाका नायक”
कोलकाता, 24 जुलाई (हि.स.)। महानायक उत्तम कुमारको पुण्यतिथिको अवसरमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले उनलाई भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिन्। हिगीलाक उनले आफ्नो एक्स ह्याण्डलमा लेखिन्, उत्तम कुमार आज पनि हरेक बंगालीको हृदयमा चिरस्थायी महानायकको रूपमा जीवित छन्। उनको मृत्यु भएको 45 वर्ष बितिसक्दा पनि उनीप्रति मानिसहरूको प्रेम एवं श्रद्धा अलिकति पनि घटेको छैन।
मुख्यमन्त्रीले भनिन्, “उत्तम कुमार बंगाली समाजका सपनाहरूका महानायक हुन् र सदैव रहनेछन्। उनको स्मृतिलाई अक्षुण्ण राख्नको लागि हाम्रो सरकारले वर्ष 2012-देखि ‘महानायक सम्मान’ शुरू गऱ्यो जसको माध्यमबाट अभिनय जगतका विशिष्ट कलाकारहरूलाई सम्मानित गरिँदै आएको छ।”
ममता ब्यानर्जीले यो पनि स्मरण गराइन्, उनी केन्द्रिय रेल मन्त्री छँदा उनले कोलकाता मेट्रोको टलीगञ्ज स्टेशनको नाम परिवर्तन गरेर ‘महानायक उत्तम कुमार’ बनाएकी थिइन्। यसको साथै ‘उत्तम मञ्च’- को नवीनीकरण गरी त्यसलाई नयाँ रूपमा सुसज्जित गरिएको छ।
उनले भनिन्, “म गर्वित छु कि राज्य सरकारले उत्तम कुमारको योगदानलाई सम्मान दिनको लागि धेरैवटा पहलहरू गरेको छ। उनको स्मरण आज पनि हामी सबैको मनमा बसेको छ। उनको पुण्यतिथिमा एकपटक फेरि उनलाई नमन गर्दछु।”
उल्लेखनीय छ, उत्तम कुमार बंगाली सिनेमाको इतिहासको मात्र सबैभन्दा चम्किलो तारा थिएनन् जबकि उनले भारतीय सिनेमामा पनि आफ्नो एक भिन्नै पहिचान स्थापना गरेका थिए। उनको अभिनयको सहजता, चमत्कार तथा लोकप्रियताले उनलाई साँचो अर्थमा ‘महानायक’ बनाइदियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा