- चौकी प्रभारी समेत 24 जनालाई लाइन हाजिर, एक जना सिपाही सस्पेण्ड
मिरजापुर, 24 जुलाई (हि.स.)। विन्ध्याचल धाममा माँ विन्ध्यवासिनी मन्दिर नजिक भएको पण्डाहरूको कुटपिट मामिलाले अब पुलिस विभागमा भुइँचालो ल्याइदिएको छ। पण्डाहरूमाझ दक्षिणालाई लिएर भएको विवाद यहाँसम्म पुगेको छ कि अब चौकी प्रभारी राजकुमार पाण्डेय सहित 24 जना पुलिसकर्मीहरूलाई लाइन हाजिर गरिएको छ। यो घटना हुँदा घटनास्थलमा तैनाथ सिपाही कान्ता रामलाई सस्पेण्ड गरिएको छ।
घटनाको पृष्ठभूमिमा जाऔं, केही दिनअघि मन्दिर परिसरमा दक्षिणालाई लिएर दुई जना पण्डाहरूबीच भएको चर्काचर्की कुटपिटमा परिणत भयो। आरोप छ, झड़प हुँदा एक जना पण्डा कैंचीले लागेर घाइते भए। यी सबै श्रद्धालुहरू सामु नै भयो जसले गर्दा माहोल तनाउपूर्ण भयो।
घटनाको सूचना पुलिसलाई दिइएपछि सीसीटीभी फुटेजको जाँच गरी विन्ध्याचल पुलिसले तीनै जनालाई हिरासतमा लियो अनि मुद्दा दर्ता गऱ्यो। तर यस मामिलामा पुलिसको सक्रियता अनि संवेदनशील स्थलमा सुरक्षामा लापरवाहीलाई लिएर एसएसपी सोमेन बर्माले कड़ा कदम उठाए।
एसएसपीले चौकी प्रभारीलाई मात्र हटाएनन् जबकि सम्पूर्ण टीमलाई लाइन हाजिर गरिदिए। विभागीय जाँचको आदेश पनि जारी गरिएको छ। यस कारबाहीपछि पुलिस महकुमामा खैलाबैला शुरू भएको छ। जनसाधारणमा यो सन्देश गएको छ, विन्ध्याचल धामको गरिमासित खेलवाड़ गर्नेहरूलाई छोड़्नेछैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा