पैदल हिँड़िरहेका पुलिसकर्मीको मृत्यु
पैदल हिँड़िरहेका पुलिसकर्मीको मृत्यु


गुवाहाटी, 24 जुलाई( हि.स.)। गुवाहाटीको दिघलीपुखरी क्षेत्रमा पैदल हिँड़िरहेका एकजना पुलिसकर्मीको आज अचानक मृत्यु भयो। मृत्युको कारण अत्यधिक गर्मी रहेको बताइएको छ। पुलिस सूत्रले बतायो, बिहीवार हितेश्वर कलिता नामक पुलिसकर्मी पैदल गुवाहाटीको पान बजार तर्फ गइरहेका थिए। यसै अवधि अत्यधिक गर्मीको कारणले उनको दिघलीपुखरी किनारमा मृत्यु भयो।

घटना बारे जानकारी पाउनसाथ घटनास्थलमा पुगेको पुलिसको टीमले मृत पुलिसकर्मीको शवलाई पोस्टमर्टम गर्नको लागि गुवाहाटी मेडिकल कलेज एण्ड हस्पितलमा पठाइदियो।

ज्ञात रहोस्, राज्यमा बितेका केही दिनदेखिको प्रचण्ड गर्मी भइरहेको छ जसले गर्दा मानिसहरूलाई विभिन्न समस्याको सामना गर्न परिरहेको छ। मौसम विभागबाट प्राप्त जानकारी अनुसार बिहीवार गुवाहाटीमा तापमान 37 डिग्री दर्ता गरिएको छ। तर मानिसहरूलाई 49 डिग्रीको गर्मी महसूस भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande