कोलकाता, 24 जुलाई (हि. स.)। पश्चिम बंगालको सत्तारूढ़ पार्टी तृणमूल कंग्रेसमा आन्तरिक स्तरमा चरम असहिष्णुता रहेको मामिला सामु आएको छ। एक भयानक बम विस्फोट काण्डको एनआईए जाँच गराउनुपर्ने माग गरेकै निहुँमा तृणमूल कंग्रेसका नेतालाई मुख्यमन्त्री ममता ब्यानर्जीका भतिजा अभिषेक ब्यानर्जीले जीवनभरिको लागि पार्टीबाट निष्कासित गरिदिएका छन्।
पश्चिम बंगालको पूर्व बर्दवान जिल्लास्थित राजुआ गाउँमा भएको बम विस्फोट मामिलाको राष्ट्रिय जाँच एजेन्सी (एनआईए)-बाट जाँच गराउने मागलाई लिएर उच्च अदालतमा पुगेका तृणमूल कंग्रेसका नेता शुभेन्दु दासलाई पार्टीले आजीवन निष्कासित गरिदिएको छ। यो कारबाही तृणमूल कंग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जीको निर्देशमा गरिएको हो।
शुभेन्दु दास, जो पूर्व बर्दवान जिल्ला तृणमूल युवा कंग्रेसका सह-संयोजक हुन् र पेशाले वकिल,- ले गए बुधवार कलकत्ता उच्च अदालतमा याचिका दर्ता गरी एनआईए जाँच गराउने माग गरेका थिए। उनले भने, यस विस्फोटमा एक जना व्यक्तिको मृत्यु भयो भने धेरै जना मानिसहरू घाइते भए साथै एउटा घर पूर्ण रूपले क्षतिग्रस्त भयो। यसलाई कुनै सामान्य घटना मान्न सकिँदैन।
उनले भने, कटवाका विधायकले स्वयं भनिसकेका छन् कि यो षड़यन्त्र उनी विरूद्ध रचिएको थियो। जब एक जना जनप्रतिनिधि नै असुरक्षित हुन्छन् भने आम मानिसहरूको सुरक्षामा प्रश्न उठ्नु स्वभाविक हो। पुलिसमाथि अब भरोसा गर्न सकिँदैन।त्यसैले मैले उच्च अदालतसित एनआईए जाँचको माग गरेको हुँ।
शुभेन्दुको यस पहलबाट पार्टीमा तीव्र प्रतिक्रिया देख्न पाइयो। रात पर्दा-नपर्दा पूर्व बर्दवान जिल्ला तृणमूल अध्यक्ष अनि कटवाका विधायक रविन्द्रनाथ च्यटर्जीले पत्रकारहरूलाई बताए, शुभेन्दुलाई अभिषेक ब्यानर्जीको निर्देशमा पार्टीबाट आजीवन निष्कासित गरिएको छ। च्याटर्जीले भने, “उनले उच्च अदालतमा एनआईए जाँचको माग गरेको जानकारी मलाई प्राप्त भएको छ, तर मलाई पुलिसमाथि पूर्ण भरोसा छ र उसले आफ्नो काम सही ढंगमा गरिरहेको छ।”
यता गए बुधवार यस बम विस्फोट मामिलका मुख्य आरोपी तुफान चौधरीको घरबाट पुलिसले देशी पेस्तोल, केही गोली र दुई किलोग्राम बम बनाउने सामग्री जफत गऱ्यो। आरोपीलाई कटवा अदालतमा पेश गरियो जहाँबाट उसलाई 14 दिनको न्यायिक हिरासतमा पठाइयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा