नागौर, 24 जुलाई (हि.स.)। मेड़ता क्षेत्रको रेण कस्बेबाट एक आश्चर्यचकित घटना सामु आएको छ। यहाँको एउटा निजी स्कूलको आड़मा यूरियाको अवैध रिफिलिंगको गोरखधन्दा चलिरहेको थियो। गए बुधवार साँझ कृषि औ उद्यानिकी विभागको संयुक्त टीमले छापा मारेर 12,500 कृषि ग्रेड यूरियाको ब्याग, 600 इण्डस्ट्रियल ग्रेड यूरियाको खाली ब्याग, 198 नाइट्रोबेजिनका बोतल र 20 वटा भरिएको ब्याग जफत गऱ्यो। यस्तो धन्दा रेणको दादुदयाल सीनियर सेकेण्डरी स्कूलमा भइरहेको थियो। यहाँ सस्तो दरमा पाइने कृषि उपयोगी यूरियालाई इण्डस्ट्रियल यूरियाको ब्यागमा भरेर महँगो मूल्यमा बेचिँदैथ्यो।
उद्यानिकी विभागका डिप्टी डाइरेक्टर डा. मोहन दादरवाल, सहायक कृषि निदेशक रामप्रकाश बेड़ा, कृषि अधिकारी सीताराम रियाड़ औ ओमप्रकाश गुर्जरले रेण पुलिस चौकीका कन्स्टेबलको उपस्थितिमा यो कारबाही गरे। गए बुधवार साँझ 6 बजीदेखि शुरू भएको कारबाही बिहीवार बिहान चार बजीसम्म जारी रह्यो। घटनास्थलबाट टीमले यूरिया र नाइट्रोबेजिनको नमूना लिएर जाँचको लागि ल्याबमा पठाइदिएको छ। सरकारद्वारा किसानहरूलाई दिइने कृषि ग्रेड यूरिया 267 रुपिया प्रतिब्याग पाइन्छ भने इण्डस्ट्रियल ग्रेड यूरियाको मूल्य 15 सय रुपियाँ प्रतिब्याग रहेको छ। यसको फाइदा उठाउँदै स्कूल संचालक केआर गोदाराले अलग-अलग पसलहरूबाट यूरिया खरिद गरेर त्यसलाई इण्डस्ट्रीमा बेच्ने षड़यन्त्र रचिरहेका थिए।
विभागले स्कूल संचालकमाथि मामिला दर्ता गराउने प्रक्रिया शुरू गरेको छ। अधिकारीहरूको भनाइ छ, यस किसिमको कृत्य कानूनको उल्लंघन मात्र नभएर किसान अनि सरकारी सब्सिडी दुवैप्रति धोका पनि हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा