कोलकाता, 24 जुलाई (हि.स.)। उत्तर कोलकाताको दमदम क्षेत्रमा बिहीवार तृणमूल कंग्रेसका विधायक तथा पार्षदका समर्थकहरू माझ हिंसक झड़प भएपछि सम्पूर्ण क्षेत्र तनाउग्रस्त भएको छ। यो विवाद गए बुधवार रातिदेखि शुरू भएको थियो जतिबेला पार्षद काकोली सेनका समर्थकहरूले कथित रूपमा स्थानीय विधायक अतिन घोषका समर्थकहरूमाथि हमला गरे।
घोष समर्थकहरूको आरोप छ, झड़पमा पार्षद काकोली सेनले एक जना वृद्धालाई थप्पड़ लगाइन्। काकोली सेन तृणमूलका निलम्बित राज्यसभा सदस्य डा. शान्तनु सेनकी पत्नी हुन्। यस घटनाको विरोधमा अतिन घोषका समर्थकहरूले बुधवार राति काकोली सेन र डा. शान्तनु सेनको घर बाहिर भेला भएर प्रदर्शन गर्न थाले, तर त्यसताक दुवै नै घरमा थिएनन्। स्थितिलाई नियन्त्रण गर्नको लागि ठूलो संख्यामा पुलिस बल घटनास्थलमा पुग्यो अनि सम्झाई-बुझाई प्रदर्शनकारीहरूलाई त्यहाँबाट हटाइयो। तथापि घोष समर्थकहरूले चेताउनी दिएका छन्, यदि सेन गुट विरूद्ध कारबाही गरिएन भने उनीहरूले सिंथी थाना बाहिर प्रदर्शन गर्नेछन्।
यस सम्पूर्ण घटनाक्रमपछि क्षेत्रमा व्यापक मात्रामा पुलिस बललाई तैनाथ गरिएको छ ताकि स्थिति अझ तनाउपूर्ण नहोस्। अर्कोकिर काकोली सेनले पनि सिंथी थानामा अतिन घोषका समर्थकहरू विरूद्ध सिकायत दर्ता गराएकी छन्। डा. शान्तनु सेनले भने, हामीले प्रशासनलाई लिखित रूपमा आफ्नो कुरा बताएका छौं। हाम्रो घर बाहिर यसरी गुण्डागिरीलाई सहन गर्न सक्दैनौं।
अर्कोतिर प्रतिक्रिया व्यक्त गर्दा विधायक अतिन घोषले भने, पुलिसले निष्पक्ष कारबाही गर्नुपर्छ। प्रदर्शन समाप्त भइसक्दा पनि शान्तनुलाई पुलिस सुरक्षाबीच घरमा किन ल्याइय? हाम्रा कार्यकर्ताहरूमाथि भएको हमलाको हामी कड़ा निन्दा गर्दछौं।
क्षेत्रमा व्याप्त तनाउ शान्त भए पनि प्रशासनले स्थितिमाथि नजर राखिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा