दार्जिलिङका कल्याण राईको हत्याको निष्पक्ष जाँच गरिदिन माग
दार्जिलिङका कल्याण राईको हत्याको निष्पक्ष जाँच गरिदिन माग


दार्जिलिङ, 24 जुलाई (हि.स.)। दार्जिलिङको लेबोङ कतवली निवासी कल्यान राईको हत्या एक 76 वर्षीय वृद्धले गरेको हो भन्ने कुरा मृतक कल्याणका परिवार पक्ष र समाजले सजिलै मान्न सकेका छैनन्। कल्याण राईको हत्या गान्तोकमा गत 22 जुलाईका दिन भएको थियो।

उनको हत्यामा एक वृद्ध व्यक्तिले आत्मसमर्पण गरेका छन्। आज कल्याणका परिवार पक्ष र समाजले कल्याणको शरीर हेरेपछि वृद्ध व्यक्तले हत्या गरेको हो भन्ने कुरा स्वीकार गर्न नसक्ने बताएका छन्।

समाजका उप सभापति चन्द्रबहादुर सुन्दासले भने, कल्याणलाई यति सजिलै वृद्ध मानिसले त्यसरी मारेको हो भन्ने हामीलाई विश्वास नै छैन। कल्याणको स्थिति हेर्दा जुन प्रकारको चोट लागेको छ, त्यो एकजनाले गरेको भनेर पत्ताउनु सकिॅंदैन।

उनले भने, कल्याणको सम्पूर्ण ठाँउ नै चोट लागेको छ। उनले सिक्किम पुलिसलाई गुहार लगाउँदै यस घटनाको निष्पक्ष जाँच गरिदिन माग गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande