लागू औषद समेत एक तस्कर पक्राउ
लागू औषद समेत एक तस्कर पक्राउ


होजाई, 24 जुलाई (हि.स.)। असम पुलिस ड्रग्स र लागू औषद विरूद्ध लगातार अभियान चलाइरहेको छ। यही क्रममा पुलिसले भारी मात्रामा प्रतिबन्धित लागू औषद समेत एक तस्करलाई कुदिरहेको ट्रेनबाट पक्राउ गरेको छ।

पुलिसले बिहिवार जानकारी गरायो, गुप्त सूचनाको आधारमा हिजो अबेर राति होजाई जिल्ला क्षेत्रमा डाउन तिनसुकिया पेसेन्जर ट्रेनमा चलाइएको अभियानमा कुदिरहेको ट्रेनबाट भारी मात्रामा प्रतिबन्धित लागू औषद समेत एक तस्करलाई पक्राउ गरिएको छ।

पक्रा परेको तस्करको पहिचान अमरेश कुमारको रूपमा गरिएको छ। तस्कर बिहारको बासिन्दा हो। यो अभियान कार्बी आङलोङ जिल्लाका डीएसपी जुबिन बोराको नेतृत्वमा चलाइएको थियो। पक्रा परेको आरोपीलाई पुलिसले लामडिंग रेलवे पुलिसलाई सुम्प्यो। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande