गान्तोक, 24 जुलाई (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङको विशेष मार्गनिर्देशन तथा क्षेत्र विधायक जीटी ढुङ्गेलको नेतृत्वमा अप्पर तादोङ निर्वाचन क्षेत्रको पानी हाउसदेखि मेफेयरसम्म राजमार्ग सुन्दरीकरण हेतु फूल फुल्ने बिरुवाहरू लगाउने अभियान जारी रहेको छ। यस अन्तर्गत विभिन्न संघ संस्था तथा व्यक्ति विशेषले आआफ्नो स्तरबाट श्रमदान दिइरहेका छन्।
यसै क्रममा आज नवौं दिन क्षेत्र विधायक तथा मन्त्री जीटी ढुङ्गेलको उपस्थितिमा श्रमदान सम्पन्न गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ। आजको यस श्रमदान कार्यक्रममा मुख्यमन्त्रीका प्रेस सचिव युगेन तामाङ, ओएसडी कर्मा सुब्बा, मुख्यमन्त्री कार्यालयकी लिगल कन्सलटेन्ट पुजा लामिछाने, अध्यक्ष सञ्जय दिलपाली राई, भीम कुमारी शर्मा, अतिरिक्त राजनीतिक सचिव (गान्तोक) छिरिङ वाङचुक लेप्चा, पार्षदगण, पार्टीका पदाधिकारीहरू आदि सहभागी थिए।
आजको श्रमदानमा भोइस एनजीओका सदस्यहरूको पनि सक्रिय सहभागिता रहेको थियो। सौन्दर्यीकरण मार्फत परिवर्तनलाई सशक्त बनाउन आगामी 26 जुलाईमा सामूहिक वृक्षारोपण अभियानमा सहभागी बन्न हार्दिक आग्रह गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल