आरामबागमा सर्पको आतंकः 6 महिनाभित्रमा 516 जनालाई डसिसकेको छ, पाँचजनाको मृत्यु
आरामबागमा सर्पको आतंकः 6 महिनाभित्रमा 516 जनालाई डसिसकेको छ, पाँचजनाको मृत्यु


हुगली, 24 जुलाई (हि.स.)। जिल्लाको आरामबाग महकुमामा सर्पले डसेका घटनाहरू चिन्ताजनक स्थितिमा पुगिसकेको छ। बितेको छः महिनाभित्रमा 516 जना मानिसहरूलाई सर्पले डसिसकेको छ भने यीमध्ये पाँचजनाको मृत्यु भएको छ।

मेडिकल कलेजको आँकड़ा अनुसार पछिल्लो जनवरी महिनामा 13 जना मानिसहरूलाई सर्पले डसेर अस्पतालमा भर्ती गरिएको थियो। फरवरीम यो आँकड़ा बढ़ेर 64 पुग्यो जसमध्ये एकजना शहरका बासिन्दा थिए। मार्चमा 57 जना सर्पको शिकार भए भने अप्रेलमा यो आँकड़ा बढ़ेर 74 पुग्यो। मईमा 107 जना सर्पले डसेर बिमार भएको रेकर्ड दर्ता गरियो भने जूनमा सबैभन्दा अधिक 196 मामिला सामु आयो जसमा शहरका दशजना मानिसहरू सामेलछन्। जुलाईमा पनि यस्तो घटना सामु आएको छ।

आरामबाग मेडिकल कलेजका प्राचार्य डा. रमाप्रसाद रायले बताए, उपमण्डलमा सर्पले डसेका घटनाहरू लगातार बढ़िरहेको छ। तथापि समयमै उपचार भएको कारणले मृत्युको दर न्यून छ, तर कहिले त रोगीहरूलाई मृत अवस्थामा ल्याइन्छ जसले गर्दा उनीहरूको ज्यान बचाउनु सम्भव हुँदैन। उनले मानिसहरूसित अपील गरेका छन्, सर्पले डस्नसाथ अलकति पनि ढिल्याई नगरी अस्पतालमा पुऱ्याउनुपर्छ, नत्र प्राणघातक हुनसक्छ।

सूत्रको भनाइ छ, आरामबाग अतिरिक्त बाँकुड़ा, मिदनापुर तथा पूर्व बर्दवानका विभिन्न क्षेत्रहरूबाट पनि सर्पले डसेका रोगीहरूलाई उपचारको निम्ति ल्याइन्छ। बर्खायाममा लगभग आठ-दशजना मानिसहरू हरेक दिन सर्पले डसेको कारणले भर्ती भइरहेका छन्। यसलाई ध्यानमा राख्दै आपत विभागमा विशेष व्यवस्था गरिएको छ।

स्थानीय मानिसहरू र रोगीका परिवारहरूको भनाइ छ, जलजमाउ र नमीपूर्ण वातावरणको कारणले सर्पको प्रकोप बढ़ी रहन्छ। खेतहरूमा काम गरिरहेका किसानहरू लगायत घरमा बसेका मानिसहरू समेत यसको चपेटमा परिरहेका छन्। डाक्टरहरूको भनाइ छ, उपचारमा ढिल्याईले रोगीहरूको अवस्थालाई गम्भीर बनाइदिन्छ। त्यसैले मानिसहरू सर्पदेखि अधिकभन्दा अधिक जागरूक रहन आवश्यक छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande