हुगली, 24 जुलाई (हि.स.)। बिहिवार अपरान्ह भाजपा कार्यकर्ताहरूले चन्दननगर नगरनिगममा रड़ाँको मच्चाए। आफ्नो सात सूत्रीय मागहरूलाई लिएर भाजपाले चन्दन नगरको ‘छबीघर’-बाट जुलूस निकाल्यो जुन लगभग 12 बजे निगमको कार्यालयमा पुग्यो।
भाजपा कार्यकर्ताहरू मुख्य गेटमा पुगेका मात्र थिए पुलिसले उनीहरूलाई रोक्ने चेष्टा गऱ्यो। तर धेरै बेरसम्म धक्का-मुक्का भएपछि भाजपा कार्यकर्ताहरूले गेट नै भत्काएर सोझै मेयरको कार्यालयसम्म पुगे। तथापि मेयर यसावधि आफ्नो कार्यालयमा उपस्थित थिएनन् जसले गर्दा भाजपा प्रतिनिधिमण्डललाई ज्ञापन पत्र नसुम्पि फर्किन पऱ्यो।
भाजपा नेताहरूले चेताउनी दिएका छन्, उनीहरू फेरि पनि आउनेछन् र आफ्नो मागहरूलाई सशक्त ढंगमा उठाउनेछन्।घटनाको सूचना पाउनसाथ चन्दन नगर थानाको पुलिस आईसीको नेतृत्वमा घटनास्थलमा पुगेर भाजपा कार्यकर्ताहरूलाई बलपूर्वक निगम परिसरदेखि बाहिर निकालियो। यस घटनालाई लिएर भाजपा र तृणमूलबीच राजनीतिक तानातान अझ तीव्र हुने सम्भावना छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा