इम्फाल, 24 जुलाई (हि.स.)। हिंसा प्रभावित मणिपुरमा अवैध मादक पदार्थको तस्करीमाथि लगाम कस्म सुरक्षा बलले लगातार अभियान चलाइरहेको छ। यही क्रममा असम राइफल्सले ठोस जानकारीको आधारमा अभियान चलाउँदै अवांगखुल नजिक राष्ट्रिय राजमार्ग 37 मा व्यापक स्तरमा रक्सी तस्करीको चेष्टालाई विफल तुल्याएको छ।
असम राय़फल्सद्वारा बिहिवार जारी सूचना अनुसार, गोपनीय सूचनाको आधारमा कारबाही गर्दै असम राइफल्सका जवानहरूले 1,430 पेटीको एक खेप समात्यो, जसमा 32,000 भन्दा धेरै मिश्रित रक्सीको बोतलहरू र क्यान थिए। जफत गरिएको प्रतिबन्धित रक्सीको मूल्य कालो बजारमा लगभग एक करोड़ रूपियाँ मापिएको छ। तस्करीमा सामेल दुई व्यक्ति र जफत गरिएको रक्सीलाई अगाड़ीको कानूनी कारबाहीको निम्ति असम रायफल्सले मणिपुर पुलिसलाई सुम्पेको छ।
असम राइफल्सले विशेष रूपमा संवेदनशील सीमावर्ती र संघर्ष-ग्रस्त क्षेत्रहरूमा अवैध गतिविधिहरूमाथि अंकुश लगाउने आफ्नो दृढ़ प्रतिबद्धता दोहोऱ्याउँदै र क्षेत्रमा शान्ति, सुरक्षा औं कानून व्यवस्था बनाई राख्ने आफ्नो निरन्तर प्रय़ासहरूमाथि जोड दिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी